२०८१ जेठ ४ गते | 17th of May 2024

बानालाई द नेपाल टुडेको सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ७ गते १०:२४

बाल्टिमोर(अमेरिका) – बाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिका (बाना)को भवन खरिद गर्न द नेपाल टुडे डटकम समुहले १ हजार १ डलर सहयोग गरेको छ ।

द नेपाल टुडेका प्रधान सम्पादक सतिश चापागाई र प्रबन्ध निर्देशक शिव मल्लले बानाका बरिष्ठ उपाध्यक्ष सुबोधविलास पन्तलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

द नेपाल टुडे अमेरिकाबाट संचालित लोकप्रिय अनलाइन हो । यसले प्रवासीएका नेपालीहरुका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्ने गर्दछ ।

द नेपाल टुडेको यो सहयोगले बानाको भवन निर्माणमा ठुलो सहयोग र अर्थ राखेको छ । सतिश चापागाई बानाका पुर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।

द नेपाल टुडेका सागर घिमिरे बानाका मेम्बरशिप डाइरेक्टर हुनुहुन्छ भने समिर नेपाल बानाका सदस्य र शुभचिन्तक हुनुहुन्छ यस्तै द नेपाल टुडेका प्रबिधी संयोजक जापान निवासी प्रविण हिराचन बानाका शुभचिन्तक हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *