काठमाडौं १३ मंसिर । उदयपुरमा नेपाली कांग्रेसमा उम्मेदवार चढेको गाढीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । विस्फोटमा उम्मेदवार कार्कीसहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनकोशी गाउपालिको चुनावी सभालाई सम्बोधन गर्न जादै गर्दा उदयपुरगढी नगरपालिका, नेपालटारमा बम विस्फोट गराइएको विस्फोट गराइएको हो । विस्फोटमा परी उम्मेदवार नारायणबहादुर कार्की, परी धनमाया धौलाकोटी, राजन कार्की र निरा कटुवाल घाइते भएका छन् । विहान १० बजेर ४५ मिनेट जादा उक्त विस्फोट गराइएको हो ।
बम विस्फोटलगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।