काठमाडौं, १४ मंसिर । दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा परी उपचारका क्रममा अस्पतालमा निधन भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले चुनाव र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोट तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुनबमोजिम कडा कारबाही गर्ने पनि जनाएको छ ।
मन्त्रालयले त्यस्ता घटनामा परी घाइते भएका व्यक्तिको उपचार र सुरक्षाको समुचित व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।
चुनावी सुरक्षा बिथोल्न खोज्ने समूहको तीव्रताका साथ अनुसन्धान गरी कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने मन्त्रालयले दाबी गरेको छ ।