कैलाली, १४ मंसिर । कैलालीमा बामगठबन्धनका उम्मेदरको गाडीमा आगजनी भएको छ । कैलालीको निर्वाचन क्षेत्र २ प्रदेश क का बामगठबन्धनका उम्मेदवार रतन थापाको गाडीमा विहिबार विहान साढे ३ बजे अज्ञात समूहले
लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । त्यो गाडी थापाले चुनावी प्रचारका लागि प्रयोग गरिरेका थिए ।
आगजनीमा संलग्नहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीका इन्चार्ज नैन बहादुर साउदले जानकारी दिए ।