२०८१ जेठ ४ गते | 17th of May 2024

आफ्नो भबिष्य मतपेटिकामा राखेर उदयपुरको चुनावी अभियानमा खतिवडा

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १५ गते १६:०६

काठमाडौं १५ मंसिर । नेपाली कांग्रेसका नेता रामहरी खतिवडालाई आफ्नो जिल्लामा निर्वाचन सकिए पनि अझै फुर्सद छैन । उदयपुर क्षेत्र न २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की घाइते भएपछि कार्कीलाई सहयोग गर्न खतिवडा त्यस तर्फ लागेका छन ।
ओखलढुंगामा मतदान सकिएर परिणाम आउन बाँकि नै रहेको बेला दोश्रो चरणको निर्वाचनका पार्टी सभापति शेरबहादुर देउवाले खतिवडालाई उदयपुरमा पठाएका हुन । उनका स्वकीय सचिव हुकुम राईका अनुसार चुनावी अभियानका क्रममा नेतृत्व गर्न खतिवडा आज उदयपुर लागेका हुन ।  शुक्रबार उदयपुरको कटारी बजार पुगेर त्यहाँका जनतासंग भोट मागेका छन । स्थानीयहरुले खतिवडा आएकोमा खुसी व्यक्त गरेको खतिवडाका स्वकिय सचिव हुकुम राइले बताएका छन ।

खतिवडालाई विकासप्रेमी र जनताका समस्यामा संधै संगै भएर मल्हम बनिरहने नेताका रुपमा चिनिन्छ । साँसद हुँदा सबै जनचासो र देशका गम्भिर बिषयहरुमाथि संसदमा बलियो आवाज उठाईरहने खतिवडालाई अबको संसद गमनको पर्खाई पनि छ ।

बम विस्फोटनमा परी उदयपुर क्षेत्र नं. २ का उम्मेदवार कार्की घाइते भएपछि कार्कीलाई सघाउन पार्टी सभापति शेरबहादुर देउवाले खतिवडालाई जिम्मेवारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *