२०८१ वैशाख २२ गते | 4th of May 2024

मधेशी एसोसिएसन, क्यालिफोर्निया च्याप्टर गठन

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २६ गते २०:३९

लस एन्जलस – अमेरिकामा रहेका मधेशी समुदायको छाता संगठन मधेशी एसोसिएसन इन अमेरिकाले क्यालिफोर्नियामा च्याप्टर गठन गरेको छ ।

मधेशी एसोसिएसन इन अमेरिका का केन्द्रिय अध्यक्ष सुनिल साहको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले दिनेश साहको अध्यक्षतामा मधेशी एसोसिएसन इन अमेरिका क्यालिर्फाेनिया च्याप्टर गठन भएको हो । संस्थाले अमेरिकाको १० वटा राज्यहरुमा च्याप्टरको विस्तार गरिसकेको छ ।

च्याप्टरको उपाध्यक्षमा जय यादव, सचिवमा सन्त साह, सहसचिवमा सीमा सक्सेना र कोषाध्यक्षमा अनामिका चैाधरी चयन भएका छन् । त्यस्तै कार्य समितिका सदस्यहरूमा भागलाल कपुर, श्रवण कुमार, अर्चना रैानियार, मुकेश ठाकुर, रन्जित सक्सेना, दीपज्योति केशरी साह र सुमन गुप्ता रहेका छन् ।

संस्थाका सल्लाहकारहरूमा डा. विप्लब यादव, विनयकान्त चैाधरी र श्रेता यादव मनोनयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *