२०८१ वैशाख २६ गते | 8th of May 2024

कैलाली घटनाका योजनाकार रेशम चौधरीको प्रमाणपत्र निर्वाचन आयोगमा पठाइयो

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २७ गते १४:३७

कैलाली, २७ मंसिर । कैलाली घटनाका मुख्य योजनाकारको आरोप भनिएका रेशम चौधरीले आफनो प्रमाणपत्र लिन नआएपछि उनको प्रमाणप जिल्ला निर्वाचन आयोगले काठमाडौं पठाएको छ । चौधरी –कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन । दुई दिन भित्र रेशम आफै उपस्थीत भई प्रमाणपत्र लिन नआए निर्वाचन आयोगले उक्त प्रमाणपत्र काठमाडौं पठाइदिन जिल्ला स्थित निर्वाचन अधिकृतको कार्यालयलाई आदेश दिएको थियो । तर विजयी घोषणा भएको दुई दिनसम्म पनि रेशम नआएकोले बुधवार साँझ उक्त प्रमाणपत्र आयोगको काठमाडौंस्थित कार्यालयमा पठाइएको निर्वाचन अधिकृत खिमानन्द भुषालले जानकारी दिए ।
उम्मेदवार आफै उपस्थित भएमा मात्रै प्रमाणपत्र दिनु नत्र काठमाडौं पठाइदिनु भनेर निर्वाचन आयोगले निर्देशन दिए अनुसार आयोगमा पठाइएको निर्वाचन अधिकृत भुषालले बताउनुभयो । निर्वाचन आयोगले रेशमको प्रमाणपत्र प्रतिनिधिसभामा पठाउने जनाईएको छ । टिकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका चौधरी २६ महिनादेखि फरार छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *