डालस (अमेरिका) – श्रष्टा साँझ श्रृङ्खला अन्तरगत अागामी अाइतबार वरिष्ठ पत्रकार तथा साहित्यकार तारा बरालसँग अन्तरकृया हुने भएको छ ।
नियमित कार्यक्रम अन्तरगत कविता, गीत, र गजल वाचनका साथै “नेपाली भाषा र साहित्यको विकासमा पत्रकारिता र पत्रकारको योगदान” विषयमा उक्त अवसरमा विशेष अन्तरक्रिया हुने अायोजक प्रभात दीक्षितले जानकारी दिए ।
अागामी डिसेम्बर १७ तारिक अाइतबार अपरान्ह ४ बजेदेखि युलेसस्थित फिस्टेल रेष्टुरामा उक्त कार्यक्रम हुनेछ ।
२०३३ साल देखि झापाको पत्रकारिता र साहित्यको विकासमा विशिष्ट योगदान दिनुका साथै गोरखापत्रको प्रधान सम्पादक र नेपाल टिभीको अध्यक्ष भएर नेपाली भाषा र साहित्यको विकासमा राष्ट्रिय तहमा समेत आफ्नो योगदान दिनुभएको श्रस्टा बराल सो अन्तरक्रियाको विशिष्ट व्यक्तित्व रहनुहुने दीक्षितले बताए । बराल हाल ह्युस्टन, अमेरिकामा बसोबास गर्दै अाएका छन् ।
साथमा नेपाल र अमेरिकामा पत्रिका, रेडियो र टिभी मार्फत नेपाली साहित्यमा निरन्तर योगदान दिई रहनु भएकी अर्की श्रस्टा बिटु केसी बराल आफ्ना मुक्तकहरू सहित सहभागिता जनाउने कार्यक्रम छ ।
समस्त श्रस्टाहरूलाई यो कार्यक्रममा आफ्नो रचना सहित सहभागिता हुन् र सबै पत्रकार बन्धुहरूलाई यो अन्तरक्रियामा आफ्नो सशक्त सहभागिता जनाउन अायोजक संस्थाका तर्फबाट दीक्षितले अाग्रह गरेका छन् ।