२०८१ वैशाख २२ गते | 4th of May 2024

खुल्लामन्चको सातौं वार्षिकोत्सव सम्पन्न : अभियन्ताहरु सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २७ गते २२:३२

गोकुल ढकाल, लस एन्जलस ।
लस एन्जलसबाट प्रकाशित हुने अनलाईन पत्रिका खुल्लामन्च डट कम(www.KhullaManch.com) को सातौं वार्षिकोत्सव सम्पन्न भएको छ । डिसेम्बर महिनाको १० तारिख आईतवारका दिन सातौं वार्षिकोत्सव सम्पन्न भएको हो । खुल्लामन्च डट कमको सातौं वार्षिकोत्सवको उक्त कार्यक्रममा क्यालिफोर्निया, लस एन्जलस क्षेत्र वरपरबाट नेपाली सामुदायिक संस्था, सामुदायिक सदस्यहरु, बिभिन्न सामाजिक अभियान्ताहरु र अमेरिकामा सकृय पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।

‘Connecting Community Through Media’ भन्ने नाराका साथ शुरु भएको ग्रेटर लस एन्जलसलाई आधार मानेर अमेरिकी नेपाली समुदायमा धेर-थोर सकृय खुल्लामन्चको उक्त कार्यक्रममा ‘संचार र समुदाय’ बिषयक अन्तर्कृया कार्यक्रम पनि जोडीएको थियो । खुल्लामन्चलाई प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुको उपस्थित रहेको कार्यक्रममा न्यूयोर्क, डालास, लस भेगस, सान्-फ्रान्सिस्को लगायत अमेरिकाका बिभिन्न स्थानबाट पाहुनाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा महावाणिज्यदुत ॠषी ढकाल, पर्यटन दुत रामेश्वर भन्डारी, एनआरएन अमेरिकाज महिला उप-संयोजक संगिता लम्साल सिवाकोटी, एनआरएन अमेरिकाका वरीष्ठ उपाध्यक्ष सुनील शाह, नेपाल अमेरिका पत्रकार संघका सभापती भोला आचार्य, उप-सभापती गुणराज लुईंटेल, महासचिव तोया दाहाल, सचिव अग्नी चौलागाईं, लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर लायन राजेन थापा, पत्रकार किरण मरहट्ठा, एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापा, महिला संयोजक ईन्दिरा त्रिपाठी, एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे, समाजसेवी उत्तम कार्की, मणी नेपाली पनेरु लगायतका पाहुनाहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा श्रीपशुपतीनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा, नेपाली जनसम्पर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापती मदन पाठक, अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका कोशाध्यक्ष शान्तीराम ढकाल, फ्रेन्ड्स अफ नेपाल लस एन्जलसका सभापती तथा समाजसेवी मुकुन्द ढुंगाना, नेपाल अमेरिका एकता समाजका अध्यक्ष सुर्य प्रसाईं, एनडब्ल्यूजीएन, लस एन्जलस च्याप्टरकी अध्यक्ष अमृता गैरे, चेम्बर प्रतिनिधी एकराज ‘नारायण’ पाण्डे, अनेसास, लस एन्जलसका अध्यक्ष डनबहादुर कार्की, बुद्धिष्ट सोसाइटी अफ लस एन्जलसका अध्यक्ष तथा पत्रकार राम लामा, गुरुङ सोसाईटी अफ लस एन्जलसका अध्यक्ष ज्ञानेन्द्र गुरुङ्ग, ब्लड डोनर्स अफ अमेरिका, क्यालिफोर्निया संयोजक एकदेव शर्मा, मधेसी एशोशियसन अफ लस एन्जलसका सभापती दिनेश शाह, तामांग सोसाईटी अफ लस एन्जलसका अध्यक्ष टेक लामा, बौद्धिक संसार शैक्षिक प्रतिष्ठान एवम् सामुदायिक मासिकका सम्पादक चक्र सुवेदी, एभरेष्ट स्पोर्ट्सका संयोजक कर्ण चन्द, सु-प्रसिद्ध गायक नरेन्द्र प्यासी लगायत सामुदायिक संघ-संस्थाहरुका प्रमुख तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

पत्रकार सुदर्शन ओलीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापा, समाजसेवी उत्तम कार्की र नेजस साउदर्न क्यालिफोर्नियाका महासचिव गंगाबहादुर बस्नेतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

’संचार र समुदाय’ बिषयक अन्तर्कृयामा नेपाल अमेरिका पत्रकार संघका महासचिव तोया दाहाल, उपाध्यक्ष गुणराज लुईंटेल, पत्रकार किरण मरहट्टा, नेपाल अमेरिका पत्रकार संघका सभापती भोला आचार्य, लायन राजेन थापा, सुनिल शाह र महावाणिज्यदुत ऋषी ढकालले आ-आफ्ना विचार राख्नुभएको थियो ।

बिभिन्न ब्यक्तित्वहरुद्दारा शुभकामना :

सातौं बार्षिकोत्सवको अवसरमा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल,  नेपाली जनसम्पर्क समिति, अमेरिकाका कार्यवाहक सभापती धर्म श्रेष्ठ, महासचिव मुनिन्द्र नेम्वागं, पुर्व संयोजक बिष्णु सुवेदी, नेजस संगठन विभाग प्रमुख बेदप्रसाद खरेल, चर्चित पत्रकारहरु शैलेश श्रेष्ठ, किशोर पन्थी, सुर्य थापा, गौतम दाहाल, सच्ची मैनाली, बिजय पौडेल, बिकासराज न्यौपाने, राजेश मिश्र, अभियान्ता चेतन पन्त, डा. बिष्णुमाया परियार, मिलन केसी,  पर्यटन दुत घन दवाडी, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल लगायत महानुभावहरुले शुभकामना सन्देश पठाउनुभएको थियो ।

नेपाल बिद्धार्थी संघका अध्यक्ष नैनसिंह महर, महामन्त्री सरोजकुमार थापाले कार्यक्रम सफलताका लागी शुभकामना सन्देश पठाउनुभएको थियो । कार्यक्रममा उपस्थितिको पक्का गर्नुभएका एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशी हवाई-ढिलाईका कारण उपस्थित हुन सक्नुभएन ।

कलाकार अर्जुन दाहाल, खुल्लामन्चका शुभचिन्तकहरु ब्यवसायी शंकर केसी, पत्रकारहरु चन्द्रशेखर अधिकारी, दामोदर नेपाल, सुदिप पन्त, बिजय महोदय थापा , निदेश अधिकारी, नेजा उपाध्यक्ष ध्रुव कुंवर र किशन रेग्मी, शरद पोखरेल, केदार तिमील्सिना, मिलन गुरुङ्ग, कृष्ण केसी, प्रदिप चापागाईं, हरिहर दाहाल, शुरेश पोखरेल, त्रिष्णा कुंवर, जोशी बाबु, शिव मल्ल, शेर केसी, रोशन अधिकारी, सन्दिपबाबु, एनआरएन अमेरिकाका सचिव होमनाथ गौतम, एनआरएन आईसिसी सदस्य प्रकाश सापकोटा, धर्म भट्टराई, डिल्ली भट्टराई, राजन त्रिपाठी, बेदराज बस्नेत,  सरला कडेंल, युवा संयोजक स्वराज खाती, एनआरएन सदस्य अमृत कट्टेल,  बिन्दु सापकोटा, पर्यटनदुत प्रकाश थापा र प्रदिप श्रेष्ठ, अभियान्ताहरु प्रेम गुरागाईं , उदय पाण्डे, खाम भट्ट, कृष्ण पोखरेल, हरिप्रसाद ढकाल, एनआरएन अमेरिकाका प्रवक्ता बिनोद तिवारी, अभियान्ता रविन बज्रचार्य, नेत्र केसी, नेजस उप-सभापती केशब बराल, नेजस नेताहरु हरिबोल भन्डारी, भोजराज ठोकर , प्रमोद सिटौला,  प्रभात सापकोटा, बिनोद भट्ट, रोशन ढुंगाना, भुवन आचार्य हेमराज भट्ट, नारायण खनाल,  लक्ष्मी खरेल थापा आदी महानुभावहरुले शुभकामना सन्देश पठाउनुभएको थियो ।

कार्यक्रम सफल पार्न दिलोज्यान दिएर सहयोग गर्नुभएका समाजसेवी राजेन्द्र सिवाकोटी, चन्द्र सिवाकोटी, समाजसेवी डा. शम्भु ढुंगाना, दिलबहादुर श्रेष्ठ, दिल श्रेष्ठ, शारदा श्रेष्ठ, कृष्ण कोईराला, बिमल गुरागाईं, बिमल श्रेष्ठ, दिपक पाठक, राजेश पाण्डे, सुरेन सापकोटा, डिल्ली थापा, माधव पाण्डे, हरिराम पन्त, युवराज ओली, उत्तम थापा, रेख उप्रेती, उपेन्द्र सापकोटा, राजन अधिकारी, गंगाबहादुर बस्नेत, अर्जुन ढकाल, अर्जुन पौडेल, अशोक रेग्मी , अनिल ओली लगायतका सामाजिक अगुवाहरुको उपस्थिती रहेको थियो ।

अभियान्ताहरु सम्मानित :

सातौं वार्षिकोत्सवको अवसरमा खुल्लामन्चले बिभिन्न क्षेत्रमा निरन्तर लागिपर्नुभएका सातजना महानुभावहरुलाई सम्मानित गरेको थियो । सान-फ्रान्सिस्को निवासी लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर लायन राजेन थापा, लस एन्जलसलाई आधार बनाएर सेवामा निरन्तर लागिरहनुभएका फ्रेन्डस अफ नेपाल, लस एन्जलसका अध्यक्ष मुकुन्द ढुंगाना, प्रवासमा सामुदायिक भवन निर्माण लगायतका अभियानमा दिलोज्यान दिएर लाग्नुहुने लस एन्जलस निवासी एकराज ‘नारायण’ पाण्डे, लस एन्जलसबाट पहिलोपटक प्रकाशित छापा पत्रिका ‘समुदाय मासिक’ – चक्रपाणी मिश्र, न्यूयोर्कका चर्चित पत्रकार किरण मरहट्टा, सान्-फ्रान्सिस्कोका समाजसेवी उत्तम कार्की तथा प्राविधिक क्षेत्रमा सकृय खुल्लामन्चका प्राविधिक सहयोगी ई-कुमार श्रेष्ठलाई ‘खुल्लामन्च सामुदायिक पुरस्कार’ ले सम्मानित गरिएको थियो ।

यसैगरी एनआरएन मार्फत सामाजिक सेवामा निरन्तर सकृय तथा ग्रेटर लस एन्जलस क्षेत्रबाट एनआएनका बिभिन्न पदमा निर्वचित हुनुभएका एनआरएन अमेरिकाज महिला उप-संयोजक संगीता लम्साल सिवाकोटी, आईसिसि सदस्य एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापा, महिला संयोजक ईन्दिरा त्रिपाठी र एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेलाई उहांहरुले गर्नुभएको योगदानको कदरस्वरुप ‘खुल्लामन्च सामुदायिक सम्मान’ द्दारा सम्मानित गरिएको थियो ।

सम्मानित ब्यक्तित्वहरुलाई महावाणिज्यदुत ऋषी ढकाल,  एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह र नेजाका सभापती भोला आचार्यले संयुक्त रुपमा सम्मान-पत्र प्रदान गराउनुभएको थियो ।

महावाणिज्यदुत ॠषि ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चर्चित पत्रकार सुदर्शन ओलीले स्वागत मन्तब्य दिनुभएको थियो भने पत्रकार तथा नेपाल अमेरिका एकता समाजका अध्यक्ष सुर्य प्रसाईंले कार्यक्रम संचालन गर्नुभएको थियो ।

खुल्लामन्चको सातौं बार्षिकोत्सवको कार्यक्रम ब्यवस्थापन र संयोजन लस एन्जलसका प्रसिद्ध ‘नबिन दाई’ नबिन पोखरेलले गर्नुभएको थियो भने गोकुल ढकालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *