२०८१ जेठ ५ गते | 18th of May 2024

थ्रेसहोल्ड कटाए पनि सिट नपाउने, ४४ दलको धरौती जफत

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १ गते ३:००

काठमाडौँ, १ पुस । प्रतिनिधिसभामा पाँचवटा राजनीतिक दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने करिव निश्चित भएको छ । मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको जारी मतगणना अन्तिम चरणमा पुगेको छ ।

कूलमध्ये ९५ प्रतिशतभन्दा बढी मतगणना भइसक्दा पाँचवटा राजनीतिक दलले मात्र न्युनतम थ्रेसहोल्डको लक्ष्य पार गरेका छन् । अन्य दलहरु थ्रेसहोल्ड लक्ष्यबाट निकै पर छन् । मतगणना अन्तिम चरणमा आइपुग्दा समानुपातिक निर्वाचनमा भाग लिई प्रत्यक्षतर्फ पनि विजयी भएका ४९ मध्ये पाँच दलमात्र राष्ट्रिय दल बन्ने निश्चित देखिएको छ ।

राजनीति दलसम्बन्धी ऐनको दफा ५२ अनुसार राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षमा न्यूनतम एक सिट पाउनु पर्नेछ । प्रत्यक्षमा सिट जित्न नसकेर समानुपातिकमा तीन प्रतिशत मत कटाएका दलका सांसद् स्वतन्त्र हुनेछन् । तर, योपटक प्रत्यक्षमा एक सिटमा जित हासिल गरेका कुनै पनि दलहरु समानुपातिकको तीन प्रतिशत मत कटाउने लक्ष्यमा छैनन् ।

निर्वाचन आयोगका प्रवक्ता नजराज ढकालले शुक्रबार साँझ ६ बजेसम्म ९३ लाखको हाराहारीमा मतगणना भइसकेको बताए । ढकालले शुक्रबारै राति वा शनिबार बिहानसम्म अन्तिम परिणाम आइसक्ने बताए ।

‘धरौटी जफत हुने’

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनमा भाग लिएका ४९ मध्ये ४४ दलको धरौटी जफत हुने देखिएको छ । तोकिएको थ्रेसहोल्ड कटाउन नसक्ने दलको धरौटी जफत हुने कानुनी व्यवस्थाका कारण तीन दलको धरौटी जफत हुने भएको हो । सदर मतको कम्तीमा तीन प्रतिशत मत नल्याउने दलको जमानत जफत हुनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७१ अनुसार सिट बाँडफाँटमा एक सिट पनि नजित्ने दलको धरौटी जफत हुने व्यवस्था छ । दलहरुले चुनावी प्रतिस्पर्धाका क्रममा ५० हजार रुपियाँ धरौटी बापत राखेका हुन्छन् ।

धरौटी जफत हुने दलहरुमा विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले लगायतका दलहरु छन् ।

थ्रेसहोल्ड कटाए पनि सिट नपाउने

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलको प्रतिनिधित्व सुनिश्चित भए कम्तीमा चार सिट ग्यारेन्टी छ । तर, प्रदेशतर्फ १।५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि सिट निश्चित छैन ।

थ्रेसहोल्ड कटाउन आवश्यक मतभन्दा सिटका लागि आवश्यक मत बढी भएको अवस्थामा सिट पाइने छैन । प्रदेश ५ तथा ६ मा १।५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि साना दलको सिट सुनिश्चित छैन । सवै प्रदेशमा कम्तीमा दुई प्रतिशत मत कटाएको साना दलको सिट सुरक्षित छ । यसरी थ्रेसहोल्ड कटाएर सिट पाउने दलले प्रथ्यक्षमा कुनै सिट नजितेको अवस्थामा पनि दलकै नामबाट सांसद् हुन पाउनेछन् ।

समानुपातिक निर्वाचनतर्फको मतगणना अन्तिम चरणमा पुग्दा एमाले, माओवादी, काँग्रेस, संघीय समाजवादी फोरम र राजपा राष्ट्रिय दल बन्ने निश्चित भएको छ । अन्य दल राष्ट्रिय दल बन्नका लागि चाहिने न्युनतम मतको सीमाभन्दा धेरै पर छन् । आजको  गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *