२०८१ वैशाख २० गते | 2nd of May 2024

‘बल्ने ढुंगा’ मा लगानी गर भन्दै ठग्ने पूर्वलडाकुसहित पाँचजना पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २ गते १५:४७

 

इलाम २ पुस । आफूसँग बहुमूल्य बल्ने ढुङ्गा रहेको र उक्त ढुंगा बहुमुल्य भएको भनी ठगी धन्दा चलाउदै आएका माओवादीका पूर्वलडाकुसहित पाँच जना पक्राउ परेका छन । बहुमुल्य ढुंगा अमेरिका, चीनजस्ता देशमा करोडौं रुपैयाँमा बिक्री हुने भन्दै उनीहरुले ठग्दै आएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

ढुंगामा चार करोड रुपैयाँ लगानी गर्न भन्दै प्रलोभन देखाएर ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले ठगीका मुख्य योजनाकार पाँचथरका राजबहादुर तामाङ जानकारी दिएको छ ।

पक्राउ पर्नेमा रुद्रकुमार नेम्वाङ, योगेन्द्रप्रसाद आङदाम्बे, भयप्रसाद बिक र महेन्द्रकुमार दर्जी रहेका छन् । पक्राउ परेका सबै पाँचथरका भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये तामाङ पूर्वलडाकु हुन् । उनी नै यस घटनाका मुख्य योजनाकार रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव निरीक्षक विपिन कर्माचार्यले जानकारी दिए । पक्राउ परेका व्यक्तिका साथबाट नगद ९० लाख रुपैयाँ, ८ थान गोलीसहित तीनथान पेस्तोल प्रहरीले बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *