काठमाडौँ, ३ पुस । पुस पहिलो दिनदेखि पुर्वी नेपालमा चिसो ह्वातै बढेको छ । गरिव विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोेगिन उनीहरुले न्यानो खोजिरहेछन् ।
मतदाताको जनजीविकाका यस्तै यस्तै मुद्धा उचालेर प्रदेशसभा निर्वाचित सांसद एमएलए भने प्रादेशिक राजधानी आफुअनुकुल स्थानमा राख्नुपर्ने भन्दै तताईरहेका छन् ।
प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ बनाउने भनने विवाद छ ।
यसै विषयलार्य लिएर तीनवटै ठाउँमा चर्किएको आन्दोलनमा प्रदेशसभा सांसद्को भुमिका अग्रणी छ । नागरिकमा खबर छ ।