२०८१ वैशाख २१ गते | 3rd of May 2024

समानुपातिकमा कुन दललाई कति सिट ?

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ३ गते २:४०

काठमाडौं २ मंसिर । मंसिर १० र २१ गते सम्पन्न पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको निर्वाचन आयोगले जनाएको छ । प्राप्त मत परिणाम अनुसार, एमालेले ३१ लाख ७१ हजार १७ मत पौप्त गरी पहिलो, कांग्रेसले ३१ लाख २४ हजार सात सय ९० मत प्राप्त गरी दोस्रो बनेको छ । यस्तै माओवादी केन्द्रले १३ लाख दुई हजार तीन सय ४७ मत पाएर तेस्रो बनेको छ ।

थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २३९ मत र संघीय समाजवादी फोरम, नेपालले ४ लाख ७० हजार एक सय ६३ पाएका छन् ।

दलहरूले प्राप्त गरेको मतअनुसार, प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । यद्यपी आयोगले अन्तिम मतपरिणाम भने सार्वजनिक गरेको छैन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक, एक सिट जितेका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *