२०८१ जेठ ५ गते | 18th of May 2024

प्रहरी सरह नै म्यादी प्रहरीलाई पनि रासन दिने भएपछी दोलखामा प्रहरी र म्यादीबीच सहमति

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ३ गते १३:२८

दोलखा, ३ पुस । दोलखामा प्रहरी र म्यादी प्रहरीबीच सहमती भएको छ । रासनको बिषयमा प्रहरी र म्यादी प्रहरीबीच विवाद हुदै आएको थियो । नेपाल प्रहरीलाई दिइने रासन सुविधा नै म्यादी प्रहरीलाई दिने भएपछि म्यादी प्रहरी सहमतिमा पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानका अनुसार दोलखाका प्रहरीलाई प्रति छाक ६५ रुपैयाँ दिने गरिएकोमा अब म्यादी प्रहरीलाई पनि प्रहरीकै बराबर रकम दिने सहमति भएको हो । आफ्नो सेवा सुविधा कटौती गर्न खोजेको र प्रहरीलाई भन्दा बढी खानाको रकम लिन लागेको भन्दै दोलखाका प्रहरी र म्यादी प्रहरीबीच झडप भएको थियो । प्रहरी प्रमुख नायव उपरीक्षक रामेश्वर कार्की र केही म्यादी प्रहरीबीच भएको छलफलमा उक्त सहमति भएको हो ।

सोमबार दिउँसो प्रहरी कार्यालय अगाडि भएको झडपमा ७ जना म्यादी प्रहरी घाइते भएका थिए । घाइते म्यादी प्रहरीको प्रस्तावित चरीकोट अस्पतालमा उपचार भइरहेको छ । म्यादी प्रहरीलाई प्रतिछाक ६० रुपैयाँ तोकिएपछि उनीहरु प्रहरीविरुद्ध आक्रोशित हुँदै प्रतिछाक ९५ रुपैयाँ मागेर नाराबाजी गरी बजार परिक्रमा गरेका थिए । दोलखामा ७ सय ५५ जना म्यादी प्रहरी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *