२०८१ जेठ ४ गते | 17th of May 2024

अमेरिकाको वासिंगटन राज्यमा रेल दुर्घटना, केहीको मृत्यु कयौँ घाइते,

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ३ गते २२:५८

अमेरिका- अमेरिकाको वासिंगटन राज्यको डुपण्टमा सोमवार रेट दुर्घटना हुदां केहीको ज्यान गएको छ भने कयौँ घाइत भएका छन् ।

एमट्रेक रेलका डिब्वाहरु इन्जिनलाई छांड्दा भएको यो दुर्घटनामा स्थानीय सुरक्षा अधिकारीलाई उदृत गर्दै ६ जनाको ज्यान गएको एशोसियट प्रेसले जनाएको छ । ओभरपासवाट दौडिरहेको उक्त रेलका डिब्बाले गर्दा सडकमा गुडिरहेका कयौँ कारपनि दुर्घटनानामा परेका छन् । तर, कारका यात्रु घाइते भए पनि गम्भीर नभएको जनाइएको छ ।

घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । मृत्यु हुनेको संख्या अरू बढ्ने सक्ने स्थानीय अधिकारीले जनाएका छन् ।

दुर्घटना हुदां उक्त रेलमा करिब ८० जना यात्रु थिए । यो दुर्धटना क्यानडासंग सीमा जोडिएको अमेरिकाको उत्तर पश्चिम क्षेत्रमा पर्ने वासिंगटन राज्यको सियटल सहर भन्दा करिब ४० माइल टाढा भएको हो । सोमवार बिहान आठ बजे भएको यो दुर्घटनाका कारण भने थाहा हुन सकेको छैन ।

दुर्घटना लगत्तै त्यहाँ राज्य सरकारले आपत्कालीन स्थितको घोषणा गरेका थिए । यो रेल पहिलो दिन यात्रुलाई लिएर जाँदै थियो । रेलका १४ डिब्बा मध्ये सबै इन्जिनवाट बाहिर झरेका थिए । दुर्घटनाको वेला रेलले सडक माथि बनेको ओभरपास पार गर्न लागिरहेको थियो ।

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले यो दुर्घटनाको अनुसन्धान गर्न घटनास्थलमा टोली पठाईसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *