२०८१ वैशाख २१ गते | 3rd of May 2024

वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी दुईजनाको मृत्यु, आगो नियन्त्रण बाहिर

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ५ गते ३:५६

पर्सा, ५ पुस । पर्साको वीरगञ्जमा रहेको ग्यास उद्योगमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो ।

ज्यान गुमाउनेको पहिचान नखुलेको प्रहरीले जनाएको छ । आगलागीमा परी तीनजना घाइते भएका छन् । त्यहाँ रहेका अमिकाप्रसाद पटेल र वारुणयन्त्रका कर्मचारी सन्दिप नेपाल घाइते भएका र दुवैजनाको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । घाइते एकजनाको पनि परिचय खुलेको छैन ।

उद्योगमा रहेका ग्यास बुलेटहरु समेत जलेकाले आगो नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा दमकल र प्रहरीले आगो निभाउने प्रयास भने भइरहेको प्रहरीले जनाएको छ । आगो फैलिँदै गएकाले उद्योग आसापासका क्षत्रेमा आवतजावत रोकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *