२०८२ असोज २६ गते | 12th of October 2025

कृष्ण शर्मा ह्वाइट हाउसका लागि भाषा विज्ञ नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ५ गते १०:२५

भर्जिनिया । अमेरिकी राष्ट्रपतिको कार्यालयले कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ। यो नियुक्ति सगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन्।

यस नियुक्ति सम्बन्धमा शर्मासगं बिस्तारमा जानकारी लिन खोज्दा भाषा विज्ञको रूपमा नियुक्ति लिएको तर त्यस बाहेक अरू जानकारी दिन नमिल्ने बताए। परिवारले पनि सम्पर्क गर्दा यो राजनितीक नियुक्ति नभई जागिरे नियुक्ति भएको र त्यस भन्दा बढि जानकारी आफुलाई नभएको बताए ।

अमेरिकी नेपाली समुदाय बिच एक असल तथा स्वतन्त्र छवि बनाएका शर्माले करीव डेढ़ वर्ष देखि नेपाली समुदाय माझ आफू र आफ्नी छोरी सुकृती शर्मासँग संयुक्त रूपमा संचालन गर्दै आइरहेको ‘अमेरिकी सम्बाद’ नामक टेलिभिज़न कार्यक्रम समेत रोकेका थिए।

शर्माले नेपालमा हुदा दि राइजिगं नेपाल अंग्रेज़ी दैनीकमा उप सम्पादकको रूपमा सात वर्ष सम्म सेवा गरी अमेरिकामा आए पछि दि वासिंगटन पोष्टमा करीव छ वर्ष सम्म काम गरेका थिए।

त्यसपछि उनले वासिगंन डि सि स्थित न्याय बिभागमा भाषा शास्त्रीको रूपमा क़रीब पाँच वर्ष सम्म काम गरे। शर्मा नेपाल अमेरीका पत्रकार सघं(नेजा )का पूर्व अध्यक्ष पनि थिए। उनले सन् २०१५ देखि भर्जीनियाको फेयरफ्याक्स स्टेशन स्थित दूर्गा मन्दीरमा नवदुर्गा नेपाली पाठशाला स्थापना गरी निरन्तर सचांलनमा ल्याएका छन्।

शुरूका दिनमा शर्मा र उनकी श्रीमती सोना लामिछाने लगायत अन्य अभिभावकहरूको संयुक्त शिक्षणबाट बालबालिकाहरू लाभान्वित थिए। हाल अर्का शिक्षक हरीकृष्ण पुडासैनि सगैं शर्माले हरेक आइतबार बिहान केटाकेटीहरूलाई नेपाली भाषा, संस्कृति पढाउदछन l

फोटो : बिमल नेपाल, बोस्टन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *