२०८१ वैशाख २४ गते | 6th of May 2024

गोली प्रहार गर्ने चारजना हतियारसहित पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ५ गते १४:१३

काठमाडौँ, ५ पुस । टोखाको टाखीडाँडा जंगलमा आज दिउँसो गोली प्रहार गरी एक महिलालाई घाइते बनाएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

टाखीडाँडा जंगलमा टोखा नपा–१ झोर महाँकाल बस्ने दुर्गा दुलालमाथि गोली प्रहार भएको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले जंगलमा लुकेर बसेको अवस्थामा एक थान भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ बस्ने सुनिल तामाङ, सुसान तामाङ, विजय तामाङ र अंकित तामाङ छन् ।

गोली प्रहारको सूचनालगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, महानगरीय प्रहरी वृत्त, बालाजु र महाराजगंजबाट प्रहरी टोली परिचालन भई जंगललाई घेरा हालेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुलालको बायाँ कुममा गोली लागेको छ र उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । दुलालको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *