२०८१ वैशाख २४ गते | 6th of May 2024

उत्तर अमेरिकी तामाङ समाजको पहिलो अधिबेशनको तयारी पुरा

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ५ गते १९:५७

न्यूयोर्क । प्रथमपटक तामाङ् सोसाईटी अफ अमेरिकाले उत्तर अमेरिका भरि छरिएर रहेका सबै तामाङ् संघ सस्थाहरुलाई आबद्ध गराई एक्यबद्ध रुपमा एउटा सिंगो साझा छाता संगठन बनाउन गरिने प्रयासस्वरुप आयोजना हुने सम्मेलनको लगभग तयारी पुरा भएको छ ।

यसै सन्दर्भमा अमेरिकाका बिभिन्न राज्यहरुमा तदरुकताका साथ उत्तर अमेरिका तामाङ् सम्मेलन तदर्थ समितिको मातहातमा हुन गैरहेको च्याप्टर गठन गर्न न्यूयोर्कस्थित तामाङ् सोसाइटी अफ अमेरिकाको च्याप्टर गठन यहि आउंदो डिसेम्बर २४ तारिखका दिन हुन एक कार्यक्रमको आयोजना हुन लागेको छ ।

डिसेम्बर १७, आईतबारको दिन थकाली किचनमा नेपाल युएसए स्पोर्टसका पुर्व महासचिब तथा तामाङ् सोसाइटी अफ अमेरिका अमेरिकाका कार्यसमितिका पुर्व सदस्य तथा तामाङ् – बौद्ध सस्कृति केन्द्रका सदस्य छेमाङ तामाङ् थोकरले आफ़नो टीम सहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उक्त घोषणा सभामा संस्थापक अध्यक्ष सुबास लामा, संस्थापक सदस्यहरू क्रमश: पुर्व अध्यक्ष राम तामाङ्, सुर्य तामाङ्, संस्थापक सदस्य तथा बर्तमान कार्य समितिका उपाध्य्क्ष सिर्जना लामा, पुर्व अध्यक्ष भरत लामा, बर्तमान अध्यक्ष तथा उत्तर अमेरिका तयारी समितिका संयोजक शान्ता बाबु थोकर, सदस्य सचिब सचिव लक्यान लामा, एनआरएन अमेरिकाका महासचिब बाबुराम – बि आर लामा, एनआरएनका सह – कोषाध्यक्ष पवन योन्जन, संस्थाका बर्तमान वरीष्ठ उपाध्यक्ष नायक अमृत लामा, महासचिब अमर तामाङ् र पुर्व महासचिब बुद्धीमान तामाङ्ले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्पोर्टस डेभलप्मेन्ट, ईन्कका अध्यक्ष मोहन वाईवा, लालमान तामंग, टिएसएका उपाध्यक्ष लालमान तमाङ, बोर्ड सदस्य आरती लामाले आ-आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा तामाङ समाजका बिभिन्न महानुभावहरुको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *