२०८१ माघ ५ गते | 18th of January 2025

फ्लप फिल्मका हट हिरोईनहरु

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ५ गते २०:३५

काठमाडौं । ग्लामरस् दुनियाँ न हो, पछिल्ला दिनमा फिल्म चलेर मात्र कलाकार स्थापित हुन्छन् भन्ने मान्यता भत्कदै गएको छ। रजतपटमा जसका फिल्म सुपर फ्लप भए पनि सोही फिल्मका कलाकार भने हिट भएका बग्रेल्ति उदाहरण सतहमा आएका छन्।

यस्ता कलाकारलाई भान्यमानी भन्दा फरक नपर्ला। यस्ता भाग्यमानीमा नेपाली फिल्मका हिरोइनहरु बढि पर्छन्। जस्तो अभिनेत्री प्रियंका कार्र्कीको कुरा गरौं, जसका अधिक फिल्म फ्लप छन् । आफू भने हिट छिन्। उनको चर्चा कहाँ पो हुँदैन र। पछिल्लो पटक उनका थ्री लभर्स, भिजिलान्ते र कलिउड सफल हुन सकेनन्। त्यही पनि प्रियंका सबैकी प्रिय हिरोइन ।

त्यसैगरी, सुमिना घिमिरेका फिल्मको हालत पनि उस्तै छ। यतिसम्म कि उनको त एउटा पनि फिल्मले लगानी उठाउन नसकेको फिल्मी पण्डितहरु भन्छन् । रजतपटमा चक्मा दिने नायिका सुष्मा कार्कीका लागि पनि दुखद कुरा के भने, उनका फिल्मले पनि भटाभट पानी पिए।

अभिनेत्री केकी अधिकारीको फिल्मी भाउ गगनचुम्बी नै छ भनिन्छ तर उनलाई पनि फ्लप फिल्मकी हिट हिरोइनको ट्याग लाग्न थालेको छ। उनले अभियन गरेका मसान, आइ एम सरी, मायाको बारीमा जस्ता फिल्म असफल बने, पछिल्ला चरणमा । त्यसैगरी अभिनेत्री नीता ढुंगानाका पनि फिल्मले बक्स अफिसमा कुनै चमत्कार देखाउन सकेनन् । तर, उनका केहि फिल्म व्यवसायिक रूपले मध्यम मानिए । खासमा उनी मसान र नोटबुक फिल्मबाट बढि चिनिन थालेकी हुन्।

अभिनेत्री निशा अधिकारी त फिल्म निर्माता मात्र होइन काठमाडौंको एलिटहरुका लागि आँखाकी नानी हुन्। अर्थात् सबैकी प्रिय। तर विर्सनै नहुने के हो भने, उनको पछिल्लो फिल्म हाउफन्नीले दर्शक तान्न सकेन। असफलता ब्यहोरेर पनि उनी हिट कलाकार मानिन्छन् । त्यस्तै अभिनेत्री नम्रता श्रेष्ठ पनि फ्लप फिल्मकी हिट हिरोइन हुन्। सानो संसार, मेरो एउटा साथी छ, मिस यू, छड्के जस्ता फिल्ममा देखिएकी नम्रता मिडियामा धेरै छाउने र राम्रो अभिनय गर्ने सुन्दर अभिनेत्रीको लिस्टमा दरिन्छीन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *