२०८१ वैशाख २१ गते | 3rd of May 2024

चन्द्र सिवाकोटी मात्र अध्यक्षका उम्मेद्वार, एकता समाजको प्रमुख पदहरुमा छैन उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ६ गते १०:२५

गोकुल ढकाल, लस एन्जलस ।
क्यालिफोर्निया राज्यको लस एन्जलसलाई आधार मानेर सामाजिक कार्य गर्दै आईरहेको यस क्षेत्रको पुरानो संस्था नेपाल अमेरिका एकता समाजको डिसेम्बर २६ तारिखमा हुने साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदमा चन्द्र सिवाकोटीको मात्र उम्मेद्वारी परेको छ । वर्तमान कार्यसमितीका सदस्य सिवाकोटी अध्यक्ष पदमा लड्ने हल्ला चल्दैगर्दा भद्र, शालिन र मिठास बोलीका धनी सिवाकोटीको बिरुद्धमा कसैको उम्मेद्वारी नपरेको नेपाल अमेरिका एकता समाजकी निर्वाचन समिती संयोजक तथा एनआरएन अमेरिकाकी उपाध्य्क्ष उमा कार्कीद्दारा जारी बक्तब्यमा उल्लेख छ ।

संस्थाको अध्यक्ष पदमा लड्ने चर्चामा रहेका चर्चित ‘नबिन’दा’ – नबीनकुमार पोखरेलको उम्मेद्वारी उपाध्यक्ष पदमा छ भने दोस्रो शक्तिशाली पद वरीश्ठ उपाध्यक्ष पदमा पुरना समाजसेवी वासुदेव घिमिरेको उम्मेद्वारी परेको छ । कोशाध्यक्ष पदमा भर्खरै गठन भएको मधेसी एशोसियसन – क्यालिफोर्नियाका अध्यक्ष दिनेश शाहले उम्मेद्वारी दिएका छन भने पन्ध्रौं नम्बरमा रहने सदस्य पदमा उम्मेद्वारी परेको छैन । भलै, संयोजक थापाको बक्तब्यानुसार योगेन्द्र विमली, सबल प्रसाई, तुलसा पाठक, सन्तोष पोखरेल, सरिता ढकाल, उत्तम थापा, डोल्मा लामा र शमसेर भण्डारीको नाम सदस्य पदमा उम्मेद्वारी रहेको जनाईएको छ । बर्तमान महासचिव डोल्मा लामाको नाम सदस्य पदका लागि उल्लेख छ ।

महासचिव, सचिव र सदस्य पदै खाली :

प्रवासमा संस्था जन्माएर पद ओगट्ने होडबाजी चलेको बेलामा नेपाली जनघनत्वको बढवा हुंदै गरेको लस एन्जलसको यो पुरानो संस्थाको शक्तिशाली महासचिव र सचिव पदमा उम्मेद्वारी नै परेको छैन । कार्यगत हिसाबले अध्यक्ष पदपछी शक्तिशाली यी दुई पदमा उम्मेद्वारी नै नपर्नु चाँहीं नौलो नै हो । त्यसो त पदको चाह हुनेलाई अल्झाउन राखिने सदस्य पदमा समेत एकजनाको नाम खाली रहेको बक्तब्यमा देखिन्छ ।

नेपाल अमेरिका एकता समाजको स्थापना कालदेखी निर्वाचन पदमा परेको शायद यो पहिलो खडेरी हो । हुन त, साधारण सभाले खाली रहेका पदहरु अबश्य पुर्ती गर्ला, तर महासचिव र सचिव पदमा उम्मेद्वारी नपर्नु चाँही खै के खै के पो हो ।

Image may contain: 1 person, suit

बिगतका साधारण सभामा यि शक्तिशाली पदाधिकारी पदहरुका लागि झन्डै निर्वाचन समेत भएको थियो । संस्थाका आकांक्षी पदादिकारीहरुका आ-आफ्नै प्यानल समेत बनेका थिए, गत बर्ष । वर्तमान कार्यसमितिका अधिकांश सदस्यहरुले फेरी पदाधिकारी हुने चाख दिएका छैनन । संस्थाका अध्यक्ष सुर्य प्रसाईंले दोस्रो कार्यकालको रहरलाई माया मारेसंगै वरिश्ठ उपाध्यक्ष रहेका टेक लामाले पनि यसपाली उम्मेद्वारी दिएका छैनन । महासचिव डोल्मा लामाले पदिय जिम्मेवारी लिने भन्दा सदस्य पदमै आफ्नो चित्त बुझाएकी छन ।

Image result for nepal amerika ekata samaj

निर्वाचन समितिकी संयोजक थापाद्दारा जारी बक्तब्य :

नेपाल अमेरिका एकता समाज निर्वाचन समिति -२०१७ को सुचना !!!!

नेपाल अमेरिका एकता समाजको निर्वाचन समितिले आगामी २ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति छनौटका लागि माग गरिएको उम्मेदवार मनोनयन पत्रमा निम्न पदमा निम्न महानुभावहरुले उम्मेदवार दर्ता गराउनु भएको ब्यहोरा सबै समुदाय सदस्य तथा संस्थाका आजीवन सदस्य पुर्व सल्लाहकार तथा संस्थापक हरुलाई जानकारीका निम्ति यो सुचना प्रकाशित गरिएको छ !

१.अध्यक्ष – चन्द्र शिवाकोटी
२.बरिष्ठ उपाध्यक्ष -बासुदेव घिमिरे
३.उपाध्यक्ष – नविन पोखरेल
४.महासचिव- कुनै निवेदन नपरेको(ख़ाली )
५.सचिव -कुनै निवेदन नपरेको (ख़ाली)
६. कोषाध्यक्ष -दिनेश शाह
सदस्यहरु :-
७.सदस्य- योगेन्द्र विमली
८.सदस्य- सबल प्रसाई
९.सदस्य -तुलसा पाठक
१०.सदस्य- सन्तोष पोखरेल
११.सदस्य- सरिता ढकाल
१२.सदस्य – उत्तम थापा
१३.सदस्य- डोल्मा लामा
१४.सदस्य – शमसेर भण्डारी
१५. सदस्य – निवेदन नपरेको (ख़ाली)

नोट :
कुनै उम्मेदवारको विषयमा दावी विरोध वा उम्मेदवारी फिर्ता गर्नुपरेमा यस अघि प्रकाशित सुचना अनुसार डिसेम्बर २१ गते २०१७ सम्म माँ निर्वाचन समितिमा निवेदन गर्न सक्नुहुनेछ ।

उमा कार्की थापा
संयोजक
मुकुन्द ढुंगाना – सदस्य
राजेन्द्र शिवाकोटी – सदस्य
मदन पाठक – सदस्य
राम बाबु पाण्डे – सदस्य
निर्वाचन समिति -२०१८
नेपाल अमेरिका एकता समाज ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *