२०८१ वैशाख १८ गते | 30th of April 2024

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा चन्द्र शिवाकोटी निर्विरोध

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ७ गते १२:३५

लस एन्जलस । नेपाल अमेरिका एकता समाजको आगामी दुई वर्षको कार्यकालका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । समाज द्वारा गठित निर्वाचन समितिको आज साँझ बसेको बैठकले शिवाकोटी निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । लस एन्जलसलाई आधार मानेर सामाजिक कार्य गर्दै आईरहेको यस क्षेत्रको पुरानो सामाजिक संस्था नेपाल अमेरिका एकता समाजको डिसेम्बर २६ तारिखमा हुने साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटीको मात्र उम्मेद्ववारी परेको थियो । भद्र, शालिन र मिठास बोलीका धनी शिवाकोटीको बिरुद्धमा कसैको उम्मेद्वारी नपर्दा शिवाकोटी निर्विरोध निर्वाचित भएका छन ।

यसै गरि वरिष्ठ उपाध्यक्ष पदमा लस एञ्जलसका पुराना समाजसेवी वासुदेव घिमिरे र उपाध्यक्षमा नबीनकुमार पोखरेल समेत निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भर्खरै गठन भएको मधेसी एशोसियसन – क्यालिफोर्नियाका अध्यक्ष दिनेश शाह तथा सदस्यहरुमा योगेन्द्र विमली, सबल प्रसाई, तुलसा पाठक, सन्तोष पोखरेल, सरिता ढकाल, उत्तम थापा, डोल्मा लामा र शमसेर भण्डारी समेत निर्विरोध निर्वाचित भएका छन् भने पन्ध्र सदस्यीय कार्यसमितिमा महासचिव र एक सदस्य पदमा कसैको पनि उम्मेदवार परेको थिएन ।No automatic alt text available.

सचिव पदमा अर्जुन ढकालले साधारण सभाबाटै मान्य हुने गरी आफुले ईच्छा जाहेर गरेको बताएका छन । सम्भवत: ढकाल नै एकता समाजको सचिव नियुक्त हुनेछन ।

संस्थाका संस्थापकमध्यकी एक, एनआरएन अमेरिकाकी उपाध्यक्ष तथा एकता समाजकै पुर्व अध्यक्ष उमा कार्की थापाको संयोजकत्वमा गठित निर्वाचन समितिमा संस्थाका पुर्व सल्लाहकार समाजसेवी राजेन्द्र शिवाकोटी, पुर्व महासचिव तथा एफओएन र झापाली समाज अमेरिकाका अध्यक्ष एवम संस्थाका सल्लाहकार मुकुन्द ढुंगाना, पुर्व सचिव तथा एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष राम बाबु पाण्डे र नेपाली जनसंपर्क समिती, साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष तथा संस्थाका आजीवन सदस्य मदन पाठक हुनुहुन्थ्यो । निर्वाचन समितिले निर्वाचित सबै पधादिकारी तथा सदस्यहरुमा आगामी दुइ वर्षको कार्यकाल सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।

नव-निर्वाचित समिती :

नेपाल अमेरिका एकता समाजको झन्डै १० वर्षको इतिहासमा नव निर्वाचित अध्यक्ष चन्द्र शिवाकोटीले संस्थाको पाचौं अध्यक्षता सम्हाल्दै हुनुहुन्छ । वर्तमान कार्य समितिको नेतृत्व मा सुर्य प्रसाई हुनुहुन्छ भने त्यस अघि शारदा श्रेष्ठ एक कार्यकाल, उमा कार्की थापा दुई कार्यकाल र स्थापनाकालमा शान्तिराम ढकालले संस्थाको नेतृत्व सम्हाली सक्नु भएको छ । झन्डै ५ वर्ष अघि देखि लस एञ्जलस बस्दै आउनु भएका शिवाकोटी वर्तमान कार्यसमितिमा बोर्ड सदस्यका रुपमा कार्यरत हुनुहुन्थियो ।

नव-निर्वाचित अध्यक्ष चन्द्र सिवाकोटी

रिअल स्टेटको ब्यवसायिक पेशा अंगाल्दै आउनुभएका नव निर्वाचित अध्यक्ष चन्द्र शिवाकोटीलाई अबको दुइ वर्षे कार्यकाललाई कसरी अगाडी बढाउने जमर्को गर्नु भएको छ भनि सोधिएको प्रस्नको जवाफमा उंहाँले भन्नु भयो “वर्तमान कार्य समितिले अङ्गीकार गरेका कार्य र योजना लाई निरन्तरता दिदै समुदाय केन्द्रित केहि नयाँ कार्यक्रमको थप गरिने छ ।” उहांले बताउनुभयो “यो कार्य समितिमा समेत बसेर आफुले कार्य गरेको अनुभव र सिकाईलाई अबका दिनमा संस्थाको दिगो विकासका लागि खर्च गर्ने बताउदै समुदायसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्दता ब्यक्त गर्दछौं ।”

आगामी डिसेम्बर २६ तारिखका दिन आर्टिसिया स्थित तारा हिमालयन कुजिनमा साधारण सभा मार्फत नेतृत्व हस्तान्तरण गर्ने जानकारी संस्थाका अध्यक्ष सुर्य प्रसाईले दिनु भयो । दोश्रो कार्यकालका लागि पनि मरिहत्ते गर्ने बिभिन्न ब्यक्तिहरु पनि देखिएका छन् तर तपाईले त संस्थाको दोस्रो कार्यकाल संचालन गर्न कुनै चासो नदेखाउनु भएको हो, पदको लोभ लागेन ? भनि सोधिएको प्रश्नमा वर्तमान अध्यक्ष प्रसाईले भन्नु भयो ” पदिय लोलुपता भन्दा पनि संस्थालाई अझ क्रियाशील र समुदाय केन्द्रित बनाउन नयाँ जोश जाँगर र हौसला आबश्यक हुन्छ । नयाँ नेतृत्वले नयाँ विचार र कार्यक्रम अघि सार्छ । जसको फाइदा समुदायलाई पुग्छ । अझ सामाजिक संस्थाको नेतृत्वमा सधै एकै अनुहार समुदायका लागि त्यति सहज नहुन नि सक्छ । नेपाल अमेरिका एकता समाजको सन्दर्भमा आगामी दिनमा पनि मेरो संलग्नता र सहयोग हिजोका दिनमा जस्तै रहने भएकोले पदले मलाई कुनै अर्थ राख्दैन ।” साधारण सभाको को अन्तिम तयारी समेत पुरा गरिएको बताउदै उंहाँले संस्थाको साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्य तथा पुर्व सल्लाहकार र संस्थापकहरुलाई समेत हार्दिक अनुरोध गर्नु भयो ।

वरिश्ठ उपाध्यक्ष बासुदेव घिमिरे

Image may contain: 1 person, sunglasses and outdoor

महासचिव, सचिव र एक सदस्य पदमा कसैको उम्मेदवार नि परेन नि भनि सोधिएको प्रस्नमा अध्यक्ष प्रसाईले भन्नुभयो “यो कुनै अनौठो र ठुलो कुरा होइन । त्यसमा पनि नयां कार्य समिति छनौट गर्न विधानत: सम्पूर्ण अधिकार निर्वाचन समितिलाई दिईेको हो । निर्वाचन समितिले निवेदन परेका पदहरुको छानविन गरि अन्तिम नतिजा घोषणा गरेको छ । १५ सदस्सिय कार्य समिति मा १२ जना निर्विरोध निर्वाचित हुनु भएको छ मेरो कार्यकालमा समेत १३ जना कार्य समितिमा थियौ तर काम गर्न हामीलाई सदस्य संख्याले कुनै असर गरेन फेरी कार्य समितिले पदपूर्ति गर्ने व्यवस्था पनि विधानमा उल्लेख छ त्यसैले यसले अप्ठ्यारो बनाउंछ जस्तो मलाई लाग्दैन ।”

उपाध्यक्ष नबिनकुमार पोखरेल

Image may contain: 3 people, people standing, tree, outdoor and nature

यसैगरि नव निर्वाचित उपाध्यक्ष नविन पोख्रेललाई विगतको दुई वर्ष र आगामी दुई वर्षमा संस्थाको गती र रफ्तारलाई कसरी मुल्यांकन र योजना गर्नु हुन्छ भनि सोधिएको प्रश्नमा उंहाले भन्नु भयो “प्रथमत यो दुई वर्ष र त्यो भन्दा अघिको नेपाल अमेरिका एकता समाजकोको पृष्ठभूमि र नेतृत्वलाई हामीले केलाउनु पर्छ र मुल्यांकन गर्नुपर्छ । हामीले यो दुई वर्ष जति सक्ने कार्यक्रम गर्यौ विवाद रहित ढंगले गर्यौ, एकभन्दा अर्को सफल कार्यक्रम गर्यौ । ७०० को हाराहारीमा महान चाड तीजमा दिदि बहिनिलाई दर खुवायौ सफल ब्यबस्थापन गर्यौ , त्यो नि नि:शुल्क। शायद, अब यस्तो कार्यक्रम गर्न सकिन्छ नि सकिन्न नि । त्यसका अलावा स्थानीय संघ संस्थाहरुसंग अन्तरक्रिया, अमेरिकी नागरिकता सम्बन्धि समुदाय संगका भेटघाट हाम्रा उल्लेख्य कुरा हुन् । संस्थाको आन्तरिक ब्यबस्थापन, कार्यालय संचालन र आर्थिक पारदर्सिता हाम्रा सबल पाटाहरु पनि छन । संस्थागत साझेदारी गर्दै नेजाको कार्यक्रममा एकता समाजद्वारा गरिएको सांस्कृतिक कार्यक्रम तथा अनेसास को सम्मेलनमा प्रस्तुत गरिएका हाम्रा गतिविधि उदाहरनिय र उल्लेखनीय कार्य हुन् साथै यो कार्यसमितिले अबलम्बन गरेका कार्यनीति र कार्यक्रमलाई नयां कार्यसमितिले निरन्तरता दिदै अझ ससक्त पार्ने छ ।” पोखरेलले थप्नुभयो, ” मलाई धेरै नाटक पार्न त आउंदैन, भनिन्छ नि, धर्म र कर्म यती गरें भनिदैंन रे । मेरो मतलब एकता समाजले कती धर्म र कती कर्मा गर्‍यो, यो घाम जस्तै छर्लङ्ग छ । बढी लेपनका नाममा तेल घस्नु काम छैन । काम भाको छ, गरेका छौं र अब फेरी त्यसलाई निरन्तरता दिनेछौं ।”

सचिव अर्जुन ढकाल

Image may contain: 1 person, standing, ocean, outdoor and water

प्रवासमा संस्था जन्माएर पद ओगट्ने होडबाजी चलेको बेलामा नेपाली जनघनत्वको बढवा हुंदै गरेको लस एन्जलसको यो पुरानो संस्थाको शक्तिशाली महासचिव पदमा ३ वर्ष कुशल कार्य गरेकी वर्तमान महासचिब डोल्मा लामा नयाँ कार्य समितिमा सदस्य पदमा निर्वाचित भएकी छन् । संस्थामा त पदिय बढुवा हुनु पर्ने होइन महासचिबबाट सदस्य पदमा किन झर्नु भयो भनिएको प्रश्नमा लामा भन्छिन “म पदको लागि हैन समुदायमा केही गरौ भन्ने मनस्थिति बोकेर आएकी हुँ त्यसैले मलाई काम गर्न पद नै हुनुपर्छ भन्ने छैन ।”

कोशाध्यक्ष दिनेश शाह

Image may contain: 1 person, eyeglasses

यसै बीच लस एन्जलस आर्टेसियामा अवस्थित नेपालीहरुको प्यारो संस्था नेपाल अमेरिका एकता समाजको संस्थापक अध्यक्ष शान्तिराम ढकालले संस्थाको ऑंउदो साधारण सभाले सवल सक्षम नेतृत्व चयन गरोस् भन्दै समाजको साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *