२०८१ वैशाख २४ गते | 6th of May 2024

प्रदीप पौडेललाई हराउने आशालाई सर्वोच्चको झड्का

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ७ गते १४:१७

काठमाडौं । आशा कोइरालासँग ५ मतअन्तरले पराजित भएका कांग्रेस नेता प्रदीप पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। पौडेलले तनहुँ क्षेत्र नं २ को प्रदेशसभा क मा पुन मतदान गर्नु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो। साथै, अन्तरिम आदेशका लागि छलफलका लागि १९ गते दुबै पक्षलाई बोलाएको छ।

पौडेल वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग ५ मत अन्तरले पराजित भएका थिए। तर, ४२ मत फर्जी भेटिएको भन्दै पौडेलले पुनः मतदान हुनु पर्ने माग गरेका थिए।

यस्तै, संखुवासभाका कांंग्रेस उम्मेदवार दिपक खड्काको रिटमा पनि कारण देखाउ आदेश जारी गर्दै १४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

यसैगरी, धनुषा ३ का वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवको रिटमा कारण देखाउ आदेश जारी गर्दै १९ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ।

मौन समय र निर्वाचनको दिन वाम गठबन्धनले राजपा उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्ने हल्ला चलाएकाले निर्वाचन परीणाम बदर गर्नु पर्ने उनको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *