काठमान्डौं । संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ नराम्ररी पराजित कांग्रेसको दोस्रो पुस्ता पार्टीलाई गतिशील बनाउन सक्रिय भएको छ।
दोस्रो पुस्ताका नेताले वर्तमान नेतृत्वले चुनावमा भोग्नुपरेको पराजयको जिम्मेवारी लिँदै नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मको आवाज उठाएको खबर आजको अन्नपूर्ण पोष्टमा नवीन झाले लेखेका छन्। संगठनलाई चुस्त पार्न उनीहरूले पार्टीभित्र शुद्धिकरण हुनुपर्नेमा जोड दिएका छन्।
चुनावमा भोग्नुपरेको पराजयको कारण खोज्न दोस्रो पुस्ताका नेताहरू बुधबार छलफलमा बसेका थिए। चुनाव जितेका तथा झिनो मतान्तरले पराजित नेताहरू सम्मिलित बुधबारको छलफलमा गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङसहित १७ जना युवा नेता सम्मिलित थिए।
दोस्रो पुस्ताका नेता छलफलमा जुटेको सूचना बाहिरिएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिने नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी अध्यक्ष उमा मगर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायत अर्को समूह पनि छुट्टै भेला भएर पार्टी पराजयका कारण खोतल्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने निष्कर्षमा पुगेका थिए।
चुनावको परिणाम सार्वजनिक भएसँगै गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताले पार्टी नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए। यो समूहले विशेष महाधिवेशन, महासमिति बैठक माग गर्दै पार्टी नेतृत्वदेखि संगठनमा आमुल परिर्वतन हुनुपर्नेमा जोड दिएका छन्। सूक्ष्म रूपमा उठेका विरोधका आवाजमा प्रकाशमान सिंहसहितका केही शीर्ष नेतासमेत उभिएपछि देउवासमूह हच्किएको छ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडैल चुनाव परिणामपछि अहिले पार्टीभित्र उठेको आवाजलाई कुनै एक नेताका विरुद्धमा लक्षित नभएको दाबी गर्छन्। पौडेल भन्छन, ‘यो कुनै व्यक्तिविरुद्ध लक्षित छैन । हामीले पार्टीलाई कसरी सशक्त बनाउने भन्ने मात्रै कुरा गरेका छौं।’
स्रोतका अनुसार बुधबारको भेलामा पूर्वसांसद धनराज गुरुङले गगन थापालाई पार्टी संसदीय दलको नेताको रूपमा अघि सार्दै केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशन माग गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
वर्तमान नेतृत्व चुनावमा पार्टी पराजित भएको स्वीकार गरी पार्टीभित्र सुधार गर्ने पक्षमा उभिने छाँटकाँट नदेखेपछि दोस्रो पुस्ता समूह नै बनाएर दबाबमूलक अभियान थालेको बताउँछ।
दोस्रो पुस्ताको नेताको छलफल तथा पार्टी संसदीय दलको नेतामा गगनको प्रस्तावका बारेमा देउवानिकट बालकृष्ण खाँणले पार्टी विधानअनुसार चल्ने भएकाले विधानसम्मत कुरा गर्न आग्रह गरेका छन् । ‘पार्टीभित्र विभिन्न मुद्दामा साथीहरूले गर्ने छलफललाई म अन्यथा लिन्नँ । तर, पार्टीलाई फाइदा हुने गरी छलफल गर्दा राम्रो हुन्छ’, खाँणले भने ।
देउवानिकट केही नेताले समानुपातिकको सिट देखाएर पार्टीले बेहोरेको क्षतिलाई नजरअन्दाज गर्नु गलत भएको टिप्पणी गरेका छन्।तर, केन्द्रीय सदस्य पौडेल भन्छन्, ‘प्रत्यक्षमा कांग्रेसले बेहोरेको हारलाई गम्भीर रूपमा लिनैपर्छ। पार्टीको नीति, नेतृत्व र संगठनमा व्यापक सुधारको विकल्प छैन।’
lasuna generic – oral diarex buy generic himcolin
order neurontin 600mg sale – buy azulfidine medication sulfasalazine 500mg tablet
besifloxacin for sale online – cheap generic sildamax sildamax order online
order probenecid 500mg – buy benemid 500mg online cheap tegretol online order
buy celebrex 200mg online – indocin pills order indomethacin 75mg without prescription
cambia over the counter – buy diclofenac aspirin uk
colospa 135mg ca – buy mebeverine without a prescription pletal over the counter
pyridostigmine price – order imuran 25mg for sale order imuran 25mg generic
rumalaya cost – shallaki oral buy generic amitriptyline online
baclofen drug – buy feldene 20 mg for sale piroxicam generic