२०८३ साउन २९ गते | 14th of August 2026

गुरुङ समाज, लस एन्जलसको तमु ल्होसार कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १० गते ११:१२

लस एन्जलस – क्यालिफोर्निया लसएन्जल्समा गुरुङ्ग समुदायले आफ्नो सुन्दर कला र संस्कारलाई जगेर्ना गर्ने उध्येश्यले नयाँ वर्ष २०१८ जनवरी महिनाको १४ तारिख आइतबारको दिन तारा हिमालयन कुजिन आर्टेशिया सहरमा भव्य रूपमा ल्होछार मनाउने भएको छ ।

नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको समूह गुरुङ् समाज हो । जसले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्नु सिङ्गो नेपालको लागि गौरव हो भन्दै संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ्ले यसै सुचन मार्फल लसएन्जल्स वासी नेपाली समुदायका नेपाली दाजुभाइ तथा दिदिबहिनि हरू एंव स्थानीय संघ संस्थाको प्रमुख प्रतिनिधि हरू सम्पूर्ण लाई निमन्त्रणा समेत गरेका छन् ।

नेपालकी प्रख्यात दोहोरी गायिका शिला आलेले मिठो स्वरले दोहोरी गीतद्वारा सबैलाई मनोरन्जन गराउने भएकी छिन् र र भव्य सांस्कृतिक कार्यक्रमको साथमा तमु ल्होछारको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *