बाल्टिमोर । बरिष्ठ लोक गायक प्रेमराजा महतलाई नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
लामो समयदेखि अमेरिका बसेर लोक संगीतमा सक्रिय हुँदै आएका महतलाई बिदेशमा बसेर पनि लोक संगीतमा सकृय रुपमा लागेकामा सम्मान प्रदान गरिएको हो ।
अमेरिकाको बाल्टीमोरमा परिवारसहित बसेर ब्यवसाय गरिरहेका महतले हरेक बर्ष जसो नेपालमा गएर बिभिन्न गीतहरु बजारमा ल्याउने गरेका छन् ।
राष्ट्रिय गीत तथा माया प्रेमका बिभिन्न गीतहरु निकाल्दै आएका महत अमेरिकामा रहेर पनि बिभिन्न राज्यहरुमा प्रस्तुती दिने गरेका छन् ।
अमेरिकन समुदायमा समेत राम्रो सांगीतिक प्रभाव पार्न सफल भएका महत नेपाल सरकारको तर्फबाट महाबाणिज्यदुत समेत हुन् ।
आफूलाई पुरस्कार प्रदान गरिएको थाहा पाए पछि महतले पुरस्कार छनौट समिति लगायत सबैलाई आभार ब्यक्त गरेका छन् ।
महतले आफूलाई पुरकास्कार पश्चात नेपाली गीतसंगीतमा लाग्न थप हौसला प्राप्त भएको बताएका छन् ।