२०८१ साउन ११ गते | 26th of July 2024

यस्तो छ स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते १६:५४

प्रकाश ढकाल
पोखरा, २२ बैशाख ।
आसन्न स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई चुनाव चिन्ह दिईएको छ । चुनाव हुन ९ दिनमात्रै बाँकी छँदा निर्वाचन आयोगको कार्यतालिका अनुसार नै चिन्ह प्रदान गरिएको हो । पोखरा लेखनाथ महानगरपालिकामा २२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तिमध्ये सात जना महानगर प्रमुखका उम्मेदवार छन् भने तीनजना उपप्रमुख छन् । १४ जना वडाध्यक्ष र ७ जना खुल्ला सदस्य छन् । प्रमुखका उम्मेदवार ऋषि प्रसाद तिमिल्सिनाले केटाकेटी भएको चिन्ह चुनावका लागि पाएका छन् । मधुकर न्यौपानेलाई बाक्सा, अमन विक्रम थापालाई विरालो, महेन्द्र कुमार थापालाई स्टकोट, पदम बहादुर गुरुङलाई चमेरा, भीम बहादुर श्रीसलाई क्यामेरा र रेशमराज पन्थीलाई पानीको बोत्तल चुनाव चिन्हका रुपमा दिईएको छ । उनीहरुले आफ्नो चिन्हका आधारमा चुनाव प्रचार प्रसार गर्नेछन् ।
उपप्रमुख तर्फ सिरोज कोइरालाले चुनाव चिन्हमा भित्त घडी लिएका छन् । कल्पना थापाले सेलरोटी र चन्द्र बहादुर काकीले आँखीझ्याल लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नम्बर ३ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार बिष्णु बहादुर ख्वाउजुलाई ह्याट चुनाव चिन्ह परेको छ । ९ की लक्ष्मी अधिकारीलाई मुक्का कसेको हात, १३ का बलराम सिग्देललाई छडी, १४ की देवी थापालाई हात मिलाएको, १८ का बिष्णु प्रसाद अधिकारीलाई जोडी पैताला, २५ का चिरञ्जीवि अधिकारीलाई जाँतो, २६ का वडाध्यक्ष तिलक प्रसाद बराललाई मुठ्ठी कसेको हात र ३० का खेमराज बास्तोलालाई कँगारु चुनाव चिन्ह दिईएको छ । वडाध्यक्षमा ३ जनाले ठड्याएको औँला र बाँकी तीनजनाले भुईँकटहर चुनाव चिन्ह लिए । ११ का धु्रव केसी, १८ का झपट बहादुर थापा र २० का यादव गौतमलाई भुईँकटहर चिन्ह दिईएको हो । यस्तै २६ का मिम बहादुर रानाभाट, २७ का अर्जुन क्षेत्री र २९ का श्री प्रसाद गुरुङले ठड्याएको औंला चिन्हका रुपमा लिएको मूख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिए ।
यस्तै खुल्ला सदस्यतर्फ पनि अधिकांशले स्टुल लिएका छन् । ६ का उम्मेदवार तारानाथ लम्साल, १४ की कुमारी लो. तामाङ, १८ का भरत बहादुर थापा र २६ का श्रीधन राईले स्टुल लिएका हुन् । १४ की खुल्ला सदस्यकी उम्मेदवार नरमती लिम्बु र १५ का इन्द्र बहादुर गुरुङलाई सावेल र १९ का कृष्ण प्रसाद पौडेलले सेफ्टी पिन चुनाव चिन्हको रुपमा पाए । निर्वाचन कार्यालयमा दर्ता भएका पार्टीको चुनाव चिन्ह भने यथावत नै छ । कास्कीका अन्य गाउँपालिकामा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवारले अन्तिम समयमा फिर्ता लिएका थिए । महानगरमा पनि विभिन्न राजनीतिक दल सहित २२ जनाले उम्मेदवारी फिर्ता लिए । महानगरमा एक सय ४३ जना उम्मेदवार छन् । महिला र दलित महिला सदस्य सहित १ सय ६७ जना निर्बाचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *