२०८१ वैशाख १८ गते | 30th of April 2024

डालासमा पहिलो गजल उत्सव : साहित्यानुरागीहरु उत्साहित

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ११ गते ४:३५

डालस – गजल यात्रा टेक्सासले अमेरिकामै पहिलो पटक डालसमा गजल उत्सवको आयोजना गर्ने भएको छ । आगामी जनवरी १४, आइतवारको दिन दिउसो २ बजेदेखि अर्भिंग स्थित नेपाली मन्दिरको सभाहलमा आयोजना हुने ‘गजल उत्सव’ कार्यक्रममा अमेरिकाका विभिन्न शहरहरुमा छरिएर रहेका गजल सर्जकहरुको गजल प्रस्तुति हरु रहनेछ ।
गजल वाचनसंगै गजल गायन समेत हुने उक्त कार्यक्रमको घोषणासंगै अमेरिकामा रहेका साहित्यानुरागीहरु असाध्यै उत्साहित भएको गजल यात्रा टेक्सासका अभियन्ताहरुले बताएका छन् । गजल यात्रा टेक्सासका एक अभियान्ता बासु अधिकारी भन्छन् – ” आशा छ गजल उत्सव अमेरिकामा नेपाली गजलको विकासमा एउटा कोशेढुंगा साबित हुनेछ । त्यसकालागि हामी सम्पूर्ण अग्रज एवम् अनुजहरुसंगै हातेमालो गर्दै यात्रालाई अगाडी बढाउन चाहन्छौं । ” गजल उत्सव डालस हाम्रो पहिलो पाइला हो, हामी आगामी दिनहरुमा अझ बिस्तृत, परिमार्जित अनि व्यापक हुदै जाने छौं ।” अर्का अभियान्ता नेत्र आचार्यले अगाडी थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *