-डोल्मा लामा
म एकल आमा हुँ,एकल महिला होइन ?
तिमी हुँदा म दुकल हुने, नहुदा म एकल महिला कसरी ?
जन्मिदा नि म एकलै जन्मिए, मर्दा पनि म एकलै मर्छु भने ?
फेरि म एकल महिला कसरी ?
दु:ख झेली छोराछोरी हुर्काएको छु,
फेरि म एकल महिला कसरी ?
एकल आमाको नाम कहिले नलेखेनी
परिचयपत्रमा, फेरि छोडेर जानी
बाबुको नाम खोज्ने चलन कसरी ?
उनी हुन् “एकल आमा” को लागि लडिरहेकी महिला अधिकारकर्मी शर्मिला थापा, उहाँले आफ्नो कविता द्रारा पनि आफ्नो आवाज एवं आफ्नो भावना तथा पिडाहरु राख्दै आएकी छिन् । । ![](http://www.himalayakhabar.com/images/news/66734/pics/1514269505_26145300_2005811229708609_2121697425_o.jpg)
शर्मिला थापा सोसल एक्टिभिसको साथ राम्रो कवि पनि हुन । उनको नयाँ कविता सङ्ग्रह अस्तित्व भर्खरै प्रकाशित भएको छ ।![](https://scontent-sjc2-1.xx.fbcdn.net/v/t34.0-12/26105558_2005788906377508_952251507_n.jpg?oh=af2c1398a8791f6f6af1cb21ed31d2a0&oe=5A444664)
तर हाम्रो समाज हामी महिलालाई कसरी हुन्छ पुरुषको पुच्छर बाधिन बाध्य बनाउन खोज्छ्न् र पुरुष बेगर महिला एक्लै हुन्छ महिला केही गर्न सक्दैन भन्ने पितृसतात्मक सोच छ नै ।![](https://scontent-sjc2-1.xx.fbcdn.net/v/t34.0-12/26133499_2005788909710841_436060595_n.jpg?oh=3179d52e9349dd8e09cc563db29e4a87&oe=5A443E70)
माथिल्लो लेभल देखी तल्लो लेभल सम्म महिला हेप्ने प्रथा हाम्रो देशमा यथावत छ । यो कुनै गाउँ तथा जिल्लामा मात्र हुने भेदभाव होइन यो त काठमाडौँको मुटुमा पनि हुने यो एउटा प्रथा छ । शर्मिला आफै पनि यसको पीड़ित हो ,१६ वर्षमा गरेको लब म्यारिजको परिणाम उनले आज सम्म भोग्दैछिन र अचम्म लाग्न सक्छ म हरेक ठाउँमा हरेक दिन उनले आफू एकल आमा भएबापत अपमानजनक शब्द सुनिरनु परेको छ ,शिक्षा हासिल गर्ने स्थान विध्यालयमा सहित एकल आमा भन्ने पछि, एकल आमाको नानीहरूलाई छुट्टै व्यवहार गरेको उनी भन्छिन् , विध्यालयमा परिचयपत्रमा सहित हाम्रो नाम लेखिन त्यही जिम्मेवारीबाट भागेंको बाबुको नै नाम राखिन्छ र साँढे २ वर्ष नाबालक छोरालाई बोकेर हिडेकी उनी आज सम्म पनि छोराको अधिकारको लागी लडिनै रहेको बताउँछिन् ।
![](https://scontent-sjc2-1.xx.fbcdn.net/v/t34.0-12/26105636_2005788929710839_1902409767_n.jpg?oh=abbd8fbb0d83fb4eddaf9e52d5a68179&oe=5A4448F1)
डिभोर्स पतिपत्नीको हकमा बच्चाको लालनपालन बाबुले गर्नु पर्छ भनेता पनि मन लागे हेर्ने, मन नलागे नहेर्ने क़िसिमको व्यवहार र नेपालमा एकल आमाको अधिकारको निम्ति क़ानूनी प्रक्रिया तथा कार्यन्वयन राम्रो नहुदा पनि शर्मिलाले आफ्नो आवाज़ उठाइरहेकी छिन् ।
उनी भन्छिन् यो मेरो मात्र समस्या हैन यो समस्य यहाँ लाखौँ एकल आमाहरूको पिडा उस्तै छ्न्। महिलाहरूले बच्चालाई बाध्य भएर बाटोमा छोडेर हिंड्छ्न् बच्चालाई एक्लैले लालनपालन गरेर हुर्कायो त्यही बच्चा १६ वर्ष लागेर नागरिता लिन जादाँ त्यही भगौडे बाबुलाई खोजिन्छ । त्यसैले उनले एकल आमाको हक़ हित र अधिकारको निम्ति सन् २०११ देखि समिदा महिला विकास मञ्च गठन गरियो l संस्था स्थापना गरे देखि एकल आमाका हक अधिकार अनि उनीहरूको नानीहरूको लागि लडाइँ गर्दै आइरहेको छ ।![](https://scontent-sjc2-1.xx.fbcdn.net/v/t34.0-12/26056782_2005788916377507_624172322_n.jpg?oh=0265c4a4c3c88e666793acf45527bc28&oe=5A447C8D)
र यस संस्थाको अध्यक्ष शर्मिला थापा २०१५ माँ अमेरिकाबाट एन पिस नाम अवार्ड पनि जितेकी हुन् र सन्सारै भरीबाट अहिले अन्तर्राष्ट्रिय स्तरमा एक स्पिकर को रूपमा प्रस्तुतिको लागि बोलाउछ्न् । कुनै बेला उनी आफ्नो कथाहरू पोख्नु पाउँदा गौरव पनि महसुस गर्छिन् ।
२०१७ मार्च पनि नटिगाम युनिभर्सिटी लन्डनम मास्टर विद्यार्थीका लागि बोलाइएका थियो भने । युनिभर्सिटी अफ ग्लास्गोले पनि पिचडी विद्यार्थीका लागि बोलाएको थिए । १०१७ ओकटुबरमा Main speaker को रूपमा कोकाकोला फाउन्डेसन वोमेनले आमन्त्रणमा गिसमा सहभागी भएकी उनी भने नोभेम्बरमा बिजयवाडा र केरला ईनकेरलामा Gender base violence सम्बन्धी ९ दिनको कार्यशाला गोष्ठीमा साउथ एसियन एक्सपट रूपमा समेत सहभागी भईन् र सदैव त्आम एकल आमाको अधिकारको लागि लडिरहने प्रतिबध्दता समेत गर्छिन् र एकल आमाको हक़ अधिकारको लागि लडेरै अगाडी बढ्ने दृढ़ विश्वास राख्छिन् ।