२०८३ वैशाख ३ गते | 16th of April 2026

डा. देवकोटालाई क्यान्सर होईन पित्तथैलीमा समस्या, राष्ट्रपतिसंग फोनमा कुराकानी

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ११ गते २२:१५

काठमान्डौं । राष्ट्रपति विद्या भण्डारीले सोमबार अपरान्ह डा देवकोटालाई दुई पटक फोन गरी राष्ट्रपतिले देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी हुन्।

जनसम्पर्क अधिकृत हीरामणि आचार्य मार्फत डा देवकोटा पत्नी मधुसँग राष्ट्रपतिको कुराकानी भएको थियो। केही मिनेट श्रीमति देवकोटासँग कुराकानी गरेपछि डा देवकोटाबीच कुराकानी भएको थियो।

राष्ट्रपतिलाई डा देवकोटाले भनेका थिए, ‘मलाई क्यान्सर भएको होइन, पित्त थैलीमा समस्या देखिएको हो।म ठीक छु, चिन्ता लिनुपर्ने स्थिति छैन।’

डा देवकोटालाई क्यान्सर भएको भन्दै डा भोला रिजाल लगायतको एउटा समूहले आइतबार उनको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिमा द्वीप प्रज्वलन समेत गरेको थियो। बुझ्दै नबुझी क्यान्सर भएको भनेर चलाइएको हल्लाप्रति डा देवकोटा परिवार असन्तुष्ट छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *