२०८१ वैशाख २४ गते | 6th of May 2024

चीनले किन गर्यो १३ हजारभन्दा बढी वेबसाइट बन्द ?

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १३ गते ३:३४

काठमाडौं, १३ पुस /चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ । सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनीयाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी दिएका हुन् । उनले अन्य दुई हजार दुई सय वेबसाइटका सञ्चालकलाई समेत बोलाएर कुराकानी गरिएको बताए ।

यो अवधिमा चीनले आफ्नो देशको इन्टरनेट सेवाको आचारसंहिता उल्लघंन गरेको भन्दै करिब एक करोड इन्टरनेटका विभिन्न सेवाका एकाउन्ट बन्द गरेको छ । चीनले ती वेबसाइटले आतंकवादी समूहलाई सहयोग गरेको र अश्लील दृश्यको प्रयोग गरेकाले उक्त वेबसाइट बन्द गरेको बताएको छ । आजको गोरखापत्र दैनिकमा खबर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *