२०८१ वैशाख २४ गते | 6th of May 2024

नेपालको छुर्पी अमेरिकी कुकुरको आहारा

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १३ गते ३:३६

पशुपतिनगर , १३ पुस । कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् । तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्रान्ड बनाउन थालेको छ । दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा यसबाट बन्ने परिकारको माग पनि बर्सेनि बढ्दो छ । आजको गोरखापत्र दैनिकमा खबर रहेको छ ।

कुकुरको आहारका लागि छुर्पी अमेरिकासम्म निर्यात हुन थालेपछि भाउ पाएको नेपाली छुर्पीले माग धान्न सकिरहेको छैन । इलामका विभिन्न गाउँका गोठबाट छुर्पी संकलन गर्दै आएकी जमुना राईले यहाँको छुर्पी पोषिलो र स्वादीलो हुने गरेका कारण माग बर्सेनि बढिरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *