२०८१ फागुन ४ गते | 16th of February 2025

सिकागोल्यान्डमा सरकारी रोजगारी एवं ब्यापार ब्यवसाय सम्बन्धी गोष्ठी

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १३ गते २२:०५

सिकागो । एन.आर.एन. अमेरीका, ईलिनोई च्याप्टरले यहि जनवरी १४, २०१८ आईतबारका दिन 8025 Lamon Ave, Skokie, IL 60077 मा दिउसो ११:०० बजे देखि ३:०० बजे सम्म सरकारी रोजकारी एवं ब्यापार ब्याबसाय सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्ने भएकोछ। ईलिनोई राज्यले हामी नेपाली लगायत अन्य माईनोरिटी कम्यूनिटीलाई सरकारी जागीर तथा ब्यापार ब्यबसाय संचालन गर्न के कस्तो प्राथमिकता एवं सहुलियत उपलब्ध गराएकोछ भन्ने कुराको जानकारी सर्बसाधारणलाई गराउने उदेश्यले सो कार्यक्रम आयोजना गर्नलागिएको कुरा ईलिनोई च्याप्टर सचिब बाबुराम सापकोटाले जानकारी गराउनु भयो। सो कार्यक्रममा ईलिनोई राज्यकै प्रतिनिधिहरूद्वारा कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसन पनि हुनेछ।

च्याप्टर उपाध्यक्ष डिल्ली फुँयालका अनुसार सो कार्यक्रममा भूतपूर्ब राष्ट्रपति जर्ज बुशका बिजनेश सल्लाहकार प्रा. डा. जोन कलारास, ईलिनोई राज्यका जनशक्ति संसाधन बिशेषज्ञ बारबरा म्याकडोनाल्ड तथा ईलिनोई डिपार्टमेन्ट अफ रिभेन्यूका पब्लिक सर्भिस एडमिनिस्ट्रेटर जोन नेल्सनले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेपालीहरू जस्ता माईनोरिटी कम्यूनिटीका लागि सिटी, स्टेट र फेडरल सरकारले उपलब्ध गराएका सहुलियतहरूको बारेमा प्रकाश पार्नु हुनेछ। सो कार्यक्रममा ईलिनोई राज्यमा सरकारले ब्यबस्था गरेका रोजगारी तथा ब्यापार बिषयमा प्यानल डिस्कसन पनि हुनेछ, जसमा सर्बसाधारणले आफूलाई लागेको प्रश्नहरू सोध्न सक्नेछन्। सो प्यानल डिस्कसनमा राज्यका प्रतिनिधिहरूसंगै स्थानिय सफल ब्याबसायीहरू राधेश पंडित, रमाकान्त खरेल, बाला घिमिरे, प्रितम कुशियत आदि ले भाग लिनेछन्। सो कार्यक्रममा बिशेषज्ञहरूबाट जागिर खानकोलागि अत्याबश्यक रेजुमे राईटिंग सम्बन्धी परामर्श पनि उपलब्ध गराईने भएकोले आफ्नो रेजुमेमा सुधारको लाग एक कपि आफ्नो रेजुमे (बायोडाटा) पनि बोकेर आउनको लागि पनि नेपाली दाजुभाईहरूलाई अनुरोध गरिएकोकुरा उपाध्यक्ष श्री फुँयालले बताउनु भयो।

एनआरएन एनसीसीका बोर्ड अफ डाईरेक्टर एवं एनआरएन परिपत्र कार्ड संयोजक गोपेन्द्र भट्टराईका अनुसार सो कार्यक्रममा एनआरएनका साधारण सदस्यहरूलाई परिचय पत्र बितरण गरिनुकानसाथै स्थानिय सेबाग्रही एबं ब्याबसायीहरूसंग MOU मा दईपक्षिय हस्ताक्षर गरी बिभिन्न कार्यालय एवं रेस्टुरेन्टहरूमा कार्ड भएकाहरूलाई सहिलियत उपलब्ध गराईनेछ। सो कार्यबाट एनआरएनको सदस्य संख्या स्वस्फूर्त ढंगले बढ्ने र चुनाबताका मेम्बरसीप ड्राईभ गर्नु नपर्ने कुरा श्री भट्टराईज्यूले बताउनु भयो। एनआरएन ईलिनोई च्याप्टर अध्यक्ष सत्य नारायण चौधरीको अध्यक्षतामा हुन लागेको सो कार्यक्रममा एनआरएन एनसीसी का पदाधीकारीहरूको साथै छिमेकी राज्यका च्याप्टर प्रतिनिधिहरू, स्थानिय संघ-संस्थाका पदाधीकारीहरू लगायत अन्य सर्बसाधारण महानुभाबहरूको उपस्थिति रहनेछ। सो कार्यक्रम आयोजना गर्न ग्लोबल ईक्जक्यूटिभ काउनसील सरभिसेज नामक गैह्रनाफामूलक संस्थाले ब्यबस्थापकिय सहयोग गरिराखेको कुरा च्याप्टर कोषाध्यक्ष ललन देबले जानकारी गराउनु भयो। सो कार्यक्रममा बढी भन्दा बढी नेपाली समुदायलाई उपस्थित भई सरकारी रोजगारी एवं ब्यबसाय सम्बन्धमा जानकारी लिन र आफूलाई लागेका जिज्ञासा प्रश्नोत्तर सेसनमा सोध्नहुन ईलिनोईबासी नेपालीहरूलाई एनआरएन ईलिनोई च्याप्टरले अनुरोध गरेकोछ।

One thought on “सिकागोल्यान्डमा सरकारी रोजगारी एवं ब्यापार ब्यवसाय सम्बन्धी गोष्ठी

Leave a Reply

Your email address will not be published. Required fields are marked *