धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले अनौठो शिशु जन्माएकी छन्।
इनरुवा नगरपालिका ८ की सोनम मण्डलले अनौठो शिशु जन्माएकी हुन्। शिशुको पेट र छाती टाँसिएको छ। चार हात, दुइ टाउको, दुइ खुट्टा र एउटै यौनाङ छ।
उनी मंगलबार स्त्री रोग तथा प्रतिष्ठानको प्रसुती विभागमा भर्ना भएकी थिईन। प्रसुती गराउँन असहज भएपछि तत्कालै शल्यक्रिया गरी शिशु निकालिएको थियो।अनौठो बच्चा जन्मिएपछि शल्यक्रियामा संलग्न चिकित्सक र नर्सहरुसमेत छक्क परे। अनौठो शिशु जन्मेको थाहाँ पाएपनि हेर्नहरुको भीड लागेको थियो।
नवजात शिशुमा श्वासप्र्र्रश्वासको समस्या रहेका कारण जन्मेको २४ घण्टापछि नै मृत्यू भएको प्रतिष्ठानले जनाएको छ ।