२०८१ जेठ ५ गते | 18th of May 2024

लम्कदै छन समुदायमा – एच बि ‘ह्यारी’ भन्डारी, डेमोक्याट्रिक पार्टीको उम्मेद्वार बनेर

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १४ गते १९:३१

अमेरिका – नेपालको पर्बतमा जन्मेर अध्ययनका लागी अमेरिका आएका ह्यारी (एचबी) भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्य सासंद (बिधान सभा सदस्य) को उम्मेद्वार बनेका छन् ।

डेमोक्रेटिक पार्टीबाट सन २०१४ मा पनि थोरै मतले पराजित भण्डारीलाई यसपटक पार्टीले टप थ्री उम्मेद्वारको लिस्टमा राखेर प्रचारप्रसार व्यापक बनाएपछि यसपटक उनको बिजयको सम्भावना बलियो बनेको बताइएको छ ।

अघिल्लो चुनाव भन्दा आउंदो चुनावमा मेरो बिजयको सम्भावना बलियो बनेको छ बुधबार ग्रेटर अष्टिन नेपाली सोसाइटीको पहलमा भएको कन्फरेन्स कलका क्रममा आफ्ना कुरा राख्दै सांसद उम्मेद्वार भण्डारीले भने- “सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।”

महंगो चुनावका लागी अहिले अमेरिकाको नेपाली डायस्पोरामा भण्डारीका लागी खर्च जुटाउन थुप्रै व्यक्ति र संघ संस्था समेत लागि परेका छन् ।

असअघि प्राइमरी निर्वाचनमा थोरै मतले पराजित भण्डारीलाई यसपटक पार्टी संस्थापनको राम्रो साथ रहेको छ । प्राइमरी चुनाव आउंदो फेब्रुअरी महिनामा हुदैछ ।

भण्डारी सांसदमा बिजयी भएमा समग्र नेपालीको समेत गौरबको बिषय भएकोले यस पटक उनलाई जिताउन सबैले साथ र सहयोग गर्नुपर्ने अवस्था आएको बिबिसीका पुर्ब पत्रकार तथा भण्डारीलाई जिताउन लागीपरेका अभियन्ता नारायण श्रेष्ठले बताए ।

भण्डारीको चुनाब क्षेत्र मेरिल्याण्डको डिष्ट्रिक-८ मा डेमोक्रेटिक पार्टीको मत धेरै हुनु, पार्टीको पुरा सहयोग रहनु, बर्तमान राष्ट्रपति ट्रम्मका क्रियाकलापले रिपल्लीकन उम्मेद्वारप्रति मतदाता रुष्ट हुनु, ७० प्रतिषत भन्दा बढि मतदाता गोरा जातिका हुनु संगै केही नेपाली र भुटानी समेत मतदाता हुनुले भण्डारीको बिजयको सम्भावना बलियो भएको भण्डारी जिताउने अभियानमा लागेका अभियन्ता तरुण पौडेलले बताए ।

कन्फरेन्स कलका क्रममा सांसद उम्मेद्वार भण्डारीले नेपाली डायस्पोरालाई अमेरिकाको मेन स्ट्रिममा समाहित गर्न पनि जितको अपरिहार्य भएकोमा जोड दिंदै अन्य मुलुकबाट आएकाहरु बिभिन्न निर्बाचित पदमा पुगिसकेकोले अव नेपालीको पालो आएको बताए ।

सामान्य परिवारमा जन्मेका भण्डारी बिश्वकै सर्बशक्तिमान देश अमेरिकाको मेरिल्याण्ड राज्यको सांसद पदको उम्मेद्वार बन्नु नै नेपालीको गौरव भएकोले भण्डारीलाई जिताउन सक्दो सहयोग गर्न सबैमा आग्रह गरिएको छ ।

हाल प्राध्यापन पेशामा संलग्न भण्डारीलाई अन्य उम्मेद्वार संगै चुनावी कार्यक्रम र प्रचारप्रसारका लागी आर्थिक संकलन जारि राखिएको छ ।

भण्डारीलाई सहयोग गर्न यो लिंकमा जानुहोस-

https://www.gofundme.com/harry-for-state-delegate

स्रोत : हिमालपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *