२०८२ फागुन २३ गते | 7th of March 2026

गोरखाको मसेलमा स्वास्थ्य शिविर, ११४० जनाले लिए सेवा

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते १९:४६

गोरखा । जिल्लाको भिमसेन गाउँपालिका स्थित मसेलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेगा हेल्थ क्याम्पको नाम दिएर सञ्चालन गरिएको एक दिने शिविरमा ११४० जना विरामीले सेवा दिएको करुणा ढकालले जानकारी दिइन् ।

उक्त मेगा हेल्थ क्याम्पमा आँखा जाँच, भिडियो एक्स्रे सेवा, प्रसुती जाँच तथा अन्य विभिन्न रोगहरुको परिक्षण गरिएको ऋषि गिरीले बताए । आठ जना विभिन्न रोगका विशेषज्ञ सहित ७६ जना स्वास्थ्यकर्मीले सेवा दिएको गिरीले जानकारी दिए । त्यस्तै स्वास्थ्य जाँचको क्रममा आँखाको सल्यक्रिया गर्नुपर्ने आठ जनालाई भने पोखराको हिमालय आँखा अस्पतालमा लगिने भएको छ । उनीहरुको आउने, जाने र शल्यक्रिया खर्च सबै निशूल्क हुने गिरीले बताए ।

क्याम्प लायन्स क्लब अफ पोखरा डल्फिन, लायन्स क्लब अफ पोखरा समर्पण, लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी, लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटी, लायन्स क्लब अफ पोखरा आदर्श, लायन्स क्लब अफ पोखरा अर्पण, लायन्स क्लब अफ पोखरा हेरिटेज, लायन्स क्लब अफ पोखरा आदर्श सेन्चुरीको सहयोग र स्थानीय प्रगतिशिल आमा समुहको विशेष पहलमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *