
भक्तपुर, १६ पुस । शनिबार राती भक्तपुरको सूर्यविनायकमा मोटरसाइकल पल्टदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक–८ सिपाडालेमा शनिबार बेलुका सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी ३७ वर्षकी पवित्रा थापा खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उहाँका श्रीमान सुन्दर खडकाको महाराजगन्जमा रहेको प्रहरी अस्पतलामा उपचार भइरहेको छ ।