२०८१ साउन १२ गते | 27th of July 2024

मेयरको तलब ६० हजार, वडाध्यक्षलाई ३० हजार

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २३ गते ४:०७

एजेन्सी, २३ बैशाख ।
स्थानीय तहको चुनावमा महानगर, नगरपालिका र गाउँपालिकाका प्मुख, उपप्रमु, अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष र सदस्यकोहरुको छनौटको चरण सुरु भएको छ । अहिलेसम्म उनीहरुको सेवा सुविधाका बिषयमा भने खासै छलफल भएको छैन ।
मन्त्रालयले स्थानीय तहका पदाधिकारीहरुलाई प्रस्ताव गरेको सेवा सुविधा अनुसार महानगरपालिकाको प्रमुखको मासिक तलब ६० हजार र उपप्रमुखको ५० हजार रुपैयाँ हुनेछ ।
प्रारम्भिक चरणको छलफल भएकाले यो अंकमा केही फेरबदल हुनसक्ने स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाअध्यक्षहरुलाई मासिक तलब भत्ताको प्रस्ताव तयार पारेको छ । वडा अध्यक्ष समेत कार्यकारी भूमिकामा रहेकाले मासिक सेवा सुविधाको व्यवस्था गरिएको हो ।
महानगरपालिकाको प्रमुखको मासिक तलब ६० हजार रुपैयाँ बाहेक अतिरिक्त भत्ता, गाडि सुविधा लगायतका विभिन्न शिर्षकमा थप सुविधा पाउन सक्नेछन् । महानगरपालिकाको उपप्रमुखको मासिक पारिश्रमिक मात्र ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उपप्रमुखलाई पनि गाडी सुविधा र विभिन्न शीर्षकको भत्ताको व्यवस्था प्रस्ताव गरिएको छ ।
यस्तै उपमहानगरपालिकाको प्रमुखका लागि मासिक ५० हजार प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको उ्रमुखले पनि गाडी सुविधा पाउने छन् । यस्तै उपप्रमुखका लागि ४५ हजार प्रस्ताव गरिएको छ ।
त्यसै गरि नगरपालिकाको प्रमुखका लागि मासिक पारिश्रमिक ४५ हजार र उपप्रमुखका लागि ४० हजार प्रस्ताव गरिएको छ । यस्तै गाउँपालिकाको अध्यक्ष मासिक तलब ३५ हजार र उपाध्यक्षको मासिक तलब ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
त्यसै गरि मन्त्रालयले वडा अध्यक्षहरुका लागि पनि फरक फरक दरको मासिक पारिश्रमिक प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा अध्यक्षहरुलाई मासिक ३० हजार पारिश्रमिक दिनुपर्ने मन्त्रालयको प्रस्ताव छ ।
यस्तै उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २५ हजार, नगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २० हजार र गाउँपालिका अन्तर्गतका वडा अध्यक्षलाई १५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *