२०८१ जेठ ५ गते | 18th of May 2024

८ हजार भन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १६ गते ३:०५

 

काठमाडौं, १६ पुस । त्रिभुवन विश्वविद्यालयले आइतबार झण्डै आठ हजार विद्यार्थीलाई दीक्षित गर्दैछ । ललितपुरको पुुल्चोकमा रहेको पुल्चोक क्याम्पसको मैदानमा हुने ४३ औँ दीक्षान्त समारोहमा विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तहका आठ हजार २ सय ६७ विद्यार्थी दीक्षित हुने त्रिविले जनाएको छ ।

समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिनेछ ।

स्नातकोत्तर तहका विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने १५ जना तथा स्नातकका विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने आठजनालाई पनि पदक प्रदान गरिनेछ । आइतबार दीक्षित हुनेमा ६२ जनाले विद्यावारिधि प्राप्त गरेका छन् । समारोहमा त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *