२०८१ वैशाख २३ गते | 5th of May 2024

रामचन्द्र र शशांकले छले गुटगत कार्यक्रम, ५ सय मिटरभित्र देउवा र सिंहको छुट्टा-छुट्टै सम्बोधन

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १६ गते १९:५८

काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसंघले ४२ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने क्रममा छुट्टाछुट्टै कार्यक्रम गरेका छन्।

राजधानीको राष्ट्रिय सभा गृहमा अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा कार्यक्रम भयो भने असन्तुष्ट पक्षको नेतृत्व गर्दै केहि उपाध्यक्षहरुको समूहले त्रिचन्द्र क्याम्पसमा कार्यक्रम गर्‍यो। उपाध्यक्षहरुको नेतृत्व उर्मिला थपलियाले गरेकी थिइन। यद्यपी त्रिचन्द्रमा नेविसंघ काठमाडौं जिल्लाको व्यानरमा कार्यक्रम भएको थियो।

राष्ट्रिय सभागृहमा काँग्रेस सभापति शेरबहादुर देउवा महामन्त्री डा शशांक कोइराला सहितका नेताहरु तथा त्रिचन्द्रको कार्यक्रम वरिष्ठ नेता रामचन्द्र पौडेल, डा शशांक कोइराला सहित प्रकाशमान सिंह, डा रामशरण महत लगायतका नेताहरुलाई डाकिएको थियो।

पार्टी महामन्त्री डा सशांक कोइराला दुवै समूहबाट अतिथिका रुपमा बोलाइए पनि उनले दुवै कार्यक्रमलाई छलेर पोखरा गएका छन्।

नेविसंघभित्र गुट मौलाइरहेका बेलामा काँग्रेस नेताहरुले यसलाई थप मलजल गर्न नुहने आम कार्यकर्ताहरुको बुझाइ छ।

नेविसंघले गरेको कार्यक्रममा पार्टी सभापति आउने परम्परा अनुसार यस पटक पनि प्रधानमन्त्री समेत रहेका सभापति देउवा सहभागि भए।

यद्यपी देउवालाई राष्ट्रिय सभा गृहमा नजान दवाव थियो।

त्रिचन्द्रको कार्यक्रममा रामचन्द्र पौडेललाई प्रमुख अतिथि भनिएपनि उनी पनि गृहनगर तनहुँ गएका छन्। रामचन्द्र नआएपछि प्रकाशमानले सो कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरे।

यसअघि जिल्ला सभापतिहरुले रामचन्द्रलाई सान्त्वना दिन गरेको रात्रिभोजमा रामचन्द्रले अहिले पार्टी एक ढिक्का भएर जाने बेला हो गुटउपगुट र सभापतिलाई गाली गर्ने बेला नभएको बताएका थिए।

आइतबार त्रिचन्द्रमा उनी नजानुलाई पनि यसै मेसोमा जोडेर हेरिएको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पार्टीले हारेपछि काँग्रेसभित्र विवाद सतहमा आएको छ। त्यही विवाद नेविसंघमा पनि प्रवेश पाउँदा त्यहाँ विवादले झन् ठूलो जरो गाडेको छ। यो जरोलाई तोड्न नेताहरुले आफू मिल्दै कार्यकर्ताहरुलाई पनि मिल्न प्रेरित गर्नुपर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *