२०८१ साउन १२ गते | 27th of July 2024

पाकिस्तानले अमेरिकालाई धोका दियो ट्रम्प

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १८ गते ३:३९

पुस १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आफ्नो देशलाई धोका दिएको आरोप लगाउनुभएको छ । पछिल्लो १५ वर्षमा पाकिस्तानलाई अर्बौं डलरको सहायता दिएको तर उसले अमेरिकालाई धोका दिएका ट्रम्पले ट्वीट मार्फत आरोप लगाउनुभएको हो ।

पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय रहेको ट्रम्पको भनाई छ । पछिल्लो १५ वर्षमा अमेरिकाले ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर पाकिस्तानले त्यसको बदलामा धोका, झुठ र छल बाहेक केही नदिएको ट्रम्पले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

पाकिस्तानले अफगानिस्तानका आतंकवादीलाई आश्रय दिएको ट्रम्पले आरोप लगाउनुभएको छ । ट्रम्पले लेख्नुभएको छ ‘हामीले अफगानिस्तानमा खोजिरहेका आतंकवादीलाई पाकिस्तानले आश्रय दिइरहेको छ । अब त्यस्तो हुने छैन ।’

ट्रम्पको ट्वीटको पाकिस्तानल आक्रोशित रुपमा प्रतिक्रिया दिएको छ । पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले ट्वीटमा चाँडै नै ट्रम्पको ट्वीटको जवाफ दिने उल्लेख गर्नुभएको छ ।

आफूहरुले विश्वलाई साँचो कुरा बताइदिने तथा तथ्य र कल्पनाबिचको फरक पनि बाहिर ल्याउने उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *