२०८१ वैशाख २३ गते | 5th of May 2024

मधेशवादी दलमा सांसद खरिदबिक्री

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १८ गते ४:१४

काठमाडौं, १८ पुस । मधेशवादी दलहरु भाषणमा मधेशीको अधिकारका चर्का कुरा गर्छन् । तर अवसर दिनुपर्दा आफ्नै श्रीमती, नातेदार र आर्थिक चलखेलका आधारमा दिने गर्छन् भन्ने कुरा यसपटकको प्रदेशसभाको समानुपातिक सांसद चयनले पुष्टी गरेको छ ।

विशेषगरी राष्ट्रिय जनता पार्टीले सांसद चयनको मापदण्ड मधेश आन्दोलनमा लागेको र सहिद परिवारको सदस्यलाई होइन, आफन्तवाद र आर्थिक चलखेललाई आधार बनाएको आरोप छ । संघीय समाजवादी फोरमले प्रदेशसभाको समानुपातिकमा सकेसम्म सबैलाई समेट्न खोजेको छ । तर, यसमाथि पनि यादवलाई बढी प्रश्रय दिएको आरोप छ ।

फोरमले पाएका ९ जना प्रदेशसभाका सांसदमा ५ जना त यादवकै नाम निर्वाचन आयोगमा पठाएको छ । फोरमले आफन्त र आर्थिक चलखेललाई आधार बनाएको गुनासो नसुनिए पनि राजपामा भने आफन्तवाद र आर्थिक चलखेलका आधारमा प्रदेशसभामा सांसद छनोट गरेको गुनासो छरपष्ट भएर कार्यालय नै तोडफोड भएको छ । दृष्टि साप्ताहिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *