२०८१ वैशाख २३ गते | 5th of May 2024

राष्ट्रियसभाको चुनाव माघ २५ गते

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १८ गते १५:१२

काठमाडौं, १८ पुस । सरकारले राष्ट्रियसभाको चुनाव माघ २५ गते गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवसँगको भेटमा सरकारले माघ २५ गते चुनाव गर्ने तयारी गरेको जानकारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रमुख आयुक्त यादवले राष्ट्रियसभाको चुनावका लागि आउँदो माघ २५ गते उपयुक्त हुने परामर्श प्रधानमन्त्रीलाई दिएका छन ।

भेटका अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्श अनुसार नै आगामी मन्त्रिपरिषद्को बैठकबाट २०७४ माघ २५ गते बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा हुने जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटमा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *