२०८१ साउन १२ गते | 27th of July 2024

खाना पकाउने ग्यासको बिक्री बन्द

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १९ गते १५:४८

विराटनगर, १९ पुस । मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै आजदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् ।

बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् ।

ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत १५ वर्षदेखि कमिशन वृद्धि नगरेको जनाएको छ ।

अहिले बिक्रेताले प्रतिसिलिण्डर रु ३५ कमिशन पाउँदै आएका छन् ।

महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले कमिशनको रकम बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा दुई पटक बैठक बसे पनि कुनै निर्णय नभएपछि बाध्य भएर बिक्री वितरण बन्द गर्नुपरेको बताए ।

विराटनगरमा हाल ग्यासकोे मूल्य रु एक हजार ३५५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *