२०८१ साउन १२ गते | 27th of July 2024

अमेरिकाको उत्तरपुर्वी राज्यहरूमा भिषण हिमपातका कारण १७ को मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २१ गते १५:०९

न्यूयोर्क । अमेरिकाको उत्तर पूर्वी राज्यमा एक्कासी चिसो बढ्नुका साथै भिषण हिमपात सुरु भएको छ । बायुमण्डलीय चापमा आएको गिरावटले अान्ध्र महासागरसँग जोडिएका उत्तर पूर्वी राज्यमा तापमानमा गिरावट आई हिमपात र चिसो बढेको हो ।

यसलाई मौसम विज्ञले बम साइक्लोन (बमचक्रपात) भनेका छन् । प्रतिकुल मौसममा कारण त्यस क्षेत्रका ३ हजार भन्दा बढी उठान रद्द भएका छन् । कैयौँ उडानहरु समयमा हुन सकेका छैनन् ।

चार राज्यका सरकारी अधिकृतका अनुसार चिसो र मौसमसँग सम्बन्धित घटनाबाट १७ जनाको मृत्यु भइसकेको सीएनएनले जनाएको छ । यस मध्ये नर्थ क्यारिलोनामा ३ जनाको मृत्यु भएको हो ।

न्यूयोर्क, बोस्टन लगायतका क्षेत्रमा बस्ने नेपालीहरूले सामाजिक सञ्जाल मार्फत लगातार प्रतिकुल मौसमको बारेमा उल्लेख गर्दै सतर्क हुन सुझाव दिएका छन् ।

जाडोले गर्दा स्थिति अत्यन्त खराब भएपछि केही राज्यमा संकटकाल घोषणा गरिएको छ । अमेरिकाको राष्ट्रिय मौसम विभागले पूर्वीय तटवर्ती केही इलाकामा तापक्रम मंगलग्रहको भन्दा कम हुनसक्ने बताएको छ ।

खासमा एक सय ३३ वर्षपछि अमेरिकामा यति धेरै जाडो भएको हो । ‘बम साइक्लोन’ र ‘आर्कटिक ब्लास्ट’ का कारण यस्तो स्थिति आएको बताइएको छ । साइक्लोन अर्थात् चक्रवातका कारण अमेरिकाका कैयौं भागमा तापक्रम शून्य डिग्रीभन्दा निकै तल पुगेको छ ।

जर्जिया र क्यालिफोर्नियामा ताल र झरनाहरू बरफ बनिसकेका छन् । नर्थ क्यारोलाइनामा अत्यधिक हिमपात भएको छ ।

यो चक्रवात न्यु इंग्ल्यान्डतर्फ बढिरहेको छ । त्यहाँ १२ इन्चसम्म हिउँ पर्ने सम्भावना छ । नायाग्रा फल्ससमेत अनेकौं तालहरू पूरै जमेका छन् । टेक्ससदेखि क्यानाडासम्मका मानिस चिसो हावाका कारण समस्यामा परेका छन् ।

यस्तो स्थिति रहिरहे केही दिनपछि अमेरिकाका केही भागमा माइनस ३५ डिग्री सेल्सियस पुग्नेछ ।
हिउँसहितको तूफानका कारण बिहीवार अमेरिकामा २७ सय विमानको उडान रद्द गरिएको छ ।

सरकारले एडभाइजरी जारी गरेर मानिसहरूलाई घरैमा बस्न भनेको छ ।

बम साइक्लोनको असर अमेरिकामा मात्र नभई बेलायतको पश्चिमी भाग र आयरल्यान्डमा पनि परेको छ । बेलायतको मौसम विभागले पनि हिउँसहितको तूफानको आशंका गरेको छ ।

खसोखास

Leave a Reply

Your email address will not be published. Required fields are marked *