२०८२ पुष २८ गते | 12th of January 2026

काँग्रेस संसदीय दलमा देउवा र प्रकाशमानको भिडन्त

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २२ गते १:१०

काठमाडौं। नेपाली काँग्रेस संसदीय दलको नेताका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रकाशमान सिंहले टक्कर दिने देखिएको छ। काँग्रेसको निर्वाचनमा लज्जास्पद हारपछि देउवालाई सभापति पद छाड्ने दबाब हुँदा पनि उनले ‘मैलेमात्र पार्टीको हारको जिम्मा लिने हो र ?’ भन्दै भाषण गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रामक बन्न थालेको छ।

पौडेल पक्षको शुक्रबार काठमाडौंमा विशेष भेला बस्दैछ। यो बैठकले पौडेल पक्षबाट संसदीय दलको नेताका लागि प्रकाशमानको नाम सर्वसम्मत गर्ने बुझिएको छ। भेलामा पौडेल समूहका सबैजसो नेताहरु सहभागी हुने स्रोतले बतायो। यता देउवा पक्षबाट देउवा नै आफै संसदीय दलको नेता हुने लक्षणमा अगाडि बढेको बुझिन आएको छ। देउवा निकट स्रोतले भन्यो ‘उहाँ हुँदाहुँदै अरु कसले संसदीय दलको नेता बन्ने आँट गर्ने त ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *