लस एन्जलस । ग्रेटर लस एन्जलस वरपर बसोवास गर्ने भारतीय समुदाय South Indian Community, Cerritos Tamil Sangam (साउथ इन्डियन कम्युनिटी, सेरिटोस, टमिल सँगमद्दारा आयोजित भलिबल प्रतियोगितामा नेपाली टोली बिजयी भएको छ ।
जनवरी ६ (January, 6) तारिख शनिवारका दिन स्थानिय Liberty Park, Cerritos (लिबर्टी पार्क, सेरिटोस) मा उक्त समुदायद्दारा अायोजित भलिवल लगायत अन्य बिभिन्न प्रतियोगितात्मक कार्यक्रममा साउदर्न क्यालिफोर्नियाका सकृय नेपाली युवाहरुको भलिबल टिम ‘टिम नेपाल-लस एन्जलस’ : ‘Team Nepal-Los Angeles ले भलिवल प्रतियोगितामा सहभागिता जनाएको पहिलो अवसरमै प्रथम स्थान हासिल गरेको छ ।
लिग कम नक आउट सिस्टममा खेलाईएको उक्त खेलमा ग्रेटर लस एन्जलस क्षेत्र वरपरका कुल २० टिमहरुको सहभागिता रहेको थियो । भयानक प्रतिस्पर्धात्मक उक्त खेलमा ‘टिम नेपाल – लस एन्जलस : Team Nepal, Los Angeles ले आयोजक टिम ‘निट्स’ Knights लाई फाईनलमा हराएको थियो ।
‘टिम नेपाल- लस एन्जलस : Team Nepal, Los Angeles का खेलाडीहरुमा गंगाबहादुर वस्नेत, उत्तमजंग थापा, चित्र भन्डारी, ओम कार्की , अनिल केसी, रमेश थापा, उमेश कार्की, बिरबल वुढाथोकी र विदुर खड्का रहेका थिए । यस्ता प्रतियोगितात्मक कार्यक्रममा नेपाली टिमको सहभागिताले यस क्षेत्रका अन्य समुदायमा नेपालको पहिचान वढाएको छ ।
अमेरिकामा नेपाली समुदायको सर्वाधिक ठुलो प्रतियोगिता एएनएको सम्मेलनमा हुने भलिबल प्रतियोगितामा पनि सहभागीताको प्रथमपटक नै बिजयी बनेको लस एन्जलसको भलिबल टिमको यो बिजयले प्रवासमा धर्म र संस्क्रितीको साथसाथमा खेलकुदले पनि प्राथमिकता प्राप्त गरेको भान हुन्छ ।
टिम नेपालको क्याप्टेन गंगाबहादुर बस्नेत रहनुभएको थियो ।
तस्विर : चित्र भन्डारी