२०८१ साउन १२ गते | 27th of July 2024

१४ औं पटक अनशनमा डा. गोविन्द के.सी, प्रधानन्यायधिशको राजिनामा माग

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २४ गते ११:५९

काठमाडौं । प्रधानन्यायधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारबाट अनसन सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसीले चौधौं पटकको अनशन सुरु गरेका हुन् ।

प्रधानन्यायाधीश पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले चारवर्षे पदावधि सकिन चार दिनअघि शर्मालाई पुनर्बहाली गर्न आईतबार आदेश दिएपछि डा. केसी, प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनशन बसेका हुन् ।
अनसन सुरु गर्नुपूर्व डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’विगत केही महिनादेखि सिलसिलेवर रुपमा भ्रष्ट र अपराधीहरुको पक्षमा फैसला भएर न्याय बिक्री भइरहेको दुर्भाग्यपूर्ण अवस्था सबैका सामु छर्लंग छ ।

त्यसले भ्रष्टहरुलाई उन्मुक्ति दिएर पुरस्कृत गर्ने मात्र नभई देशलाई पचासौं अर्ब राजस्व घाटा बनाएर कंगाल बनाउनमा भुमिका खेलिरहेको छ । यसले आम नागरिकको दोहन गरेर सीमित भ्रष्ट र अपराधीहरु मात्रै धनी हुँदै गइरहेको तथा न्यायालय लगायत राज्यका सबै अंगहरु तिनको कब्जामा गइरहेको अवस्था छ ।’
न्यायालयलाई राजनीतिक दलका नेताहरुले कार्यकर्ता भर्ती केन्द्र बनाएको केसीको आरोप छ ।

चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएको दुई महिना बितिसक्दा पनि चिकित्सा शिक्षा आयोग गठन हुन नसकेको भन्दै उनले तत्काल आयोग गठन गर्न सरकार समक्ष माग गरेका छन् । त्यस्तै आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्ति गनुपर्ने डा.केसीको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *