काठमाडौं – सरकारले १३ वर्षपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा औपचारिक कार्यक्रम आयोजना गरेको छ ।
पृथ्वीनारायण शाहको २ सय ९६ आैं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको सरकारले पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापणलगायत कार्यक्रम आयोजना गरेको हो ।
![](http://pokharelinews.com/wp-content/uploads/2018/01/rss-1-300x200.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै ।
सिंहदरबार बाहिरपट्टि रहेको पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च पदस्थ अधिकारीले माल्यार्पण गर्नुभएको छ ।
![](http://pokharelinews.com/wp-content/uploads/2018/01/rss-3-300x200.jpg)
उपप्रधानमन्त्री कमल थापाले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै ।
२०६२/०६३ सालको आन्दोलनपछि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा कटौती गरी सरकारले औपचारिक कार्यक्रम पनि गर्न छाडेको थियो ।
![](http://pokharelinews.com/wp-content/uploads/2018/01/rss-5-300x200.jpg)
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणका नायकका रुपमा नेपालीले सम्मान गर्ने गर्छन । उहाँले त्यसबेला बाइसे, चौबिसेलगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो ।
![](http://pokharelinews.com/wp-content/uploads/2018/01/rss-6-300x200.jpg)
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक ।
यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।
![](http://pokharelinews.com/wp-content/uploads/2018/01/rss-7-300x200.jpg)
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक । तस्बिर ः रोशन सापकोटा, रासस
![](http://pokharelinews.com/wp-content/uploads/2018/01/rss-8-300x200.jpg)
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक । तस्बिर ः रोशन सापकोटा, रासस