काठमाडौँ । नेपाली काङ्ग्रेस भित्रको गुट सस्थागत हुदै गएको छ । महाधिवेशन सकिएको दुई वर्षपछि नेपाली कांग्रेसका तीन शीर्ष नेता एक ठाउँ भेला भएर सभापति देउवाकोविरुद्ध लाग्ने निर्णय गरेका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसी गोप्य छलफलबसी यस्तो निर्णय गरेका हुन् ।
महाराजगञ्जस्थित एक होटलमा तीन नेताबीच पछिल्लो राजनीतिक अवस्था, पार्टीको पराजय र सभापति शेरबहादुर देउवाको कार्यशैलीका बारेमा छलफल भएको हो ।

प्रधानमन्त्री एवं सभापति देउवाविरुद्ध युवा नेताहरुसमेत छलफलमा रहेका बेला प्रभावशाली तीन नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले पराजय बेहोरेपछि पार्टी सभापति देउवाको आलोचना भइरहेको छ ।
उक्त छलफलमा आगामी दिनमा एक भएर जाने विषयमा नेताहरु बीच सहमति भएको बताईएको छ ।